• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

टप एन्ड टी–२० सिरिज : नेपालले होबार्ट हरिेकेन्ससँग खेल्दै

  •  नेपाल चौतारी
  • २०८३ भाद्र ८, सोमबार ०९:१८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं । अस्ट्रेलियाको नर्थन टेरिटोरीमा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपालले आज आफ्नो तेस्रो खेल खेल्दैछ। नेपाल एले होबार्ट हरिकेन्स एकेडेमीसँग प्रतिस्पर्धा गर्न लागेको हो।

    नेपाल र होबार्टबीचको खेल नेपाली समयअनुसार दिउँसो सवा ३ बजे सुरु हुनेछ।

    नेपालले सिरिजका यसअघिका दुवै खेलमा हार बेहोरेको छ। शुक्रबार भएको पहिलो खेलमा नेपाल एनटी स्ट्राइकसँग पराजित भएको थियो भने शनिबार बंगलादेशको हाई पर्फर्मेन्स टोलीसँग हार्न पुगेको थियो।

    होबार्टको अवस्था पनि नेपालकै जस्तै छ। उसले खेलेका दुवै खेलमा हार बेहोरेको छ। पहिलो खेलमा भिक्टोरियासँग पराजित भएको होबार्ट दोस्रो खेलमा बंगलादेशको हाई पर्फर्मेन्स टोलीसँग हारेको थियो।

    आज दुवै टोली पहिलो जितको खोजीमा मैदान उत्रिँदैछन्।

    होबार्टको टोलीमा अस्ट्रेलियाका लागि खेलिसकेका बिली स्टानलेकसँगै अघिल्लो संस्करणमा खेलेका टिम वार्ड, ब्राडली होप, गेब बेल, निवेथन राधाकृष्णन, ज्याक कर्टेन, मार्कस बिन र राफ म्याकमिलन पनि छन्। स्टानलेक, टिम वार्ड, मार्कस बिन, ज्याक डोरान र राफ म्याकमिलनले बिग ब्यास लिगसमेत खेलिसकेका छन्।

    अघिल्लो संस्करणमा होबार्टले ६ खेलमध्ये दुई खेलमा मात्र जित निकाल्दै १० टोलीमध्ये नवौँ स्थानमा प्रतियोगिता समाप्त गरेको थियो।

    नेपालको टोली: अनिल साह (कप्तान), कुशल भुर्तेल, लोकेश बम, तृतराज दास, मयन यादव, पवन सर्राफ, दीपक डुम्रे, कुशल मल्ल, राशिद खान, नारायण जोशी, आकाश चन्द, शाहब आलम, बिपिन खत्री, युवराज खत्री र रिजन ढकाल।

    होबार्ट हरिकेन्स एकेडेमीको टोली: केसी बार्टन, मार्कस बिन, गेब बेल, लाचलान क्लार्क, ज्याक डोरान, ज्याक कर्टेन, ब्राड होप, राफ म्याकमिलन, केलन मलाडे, निवेथन राधाकृष्णन, नितेश स्यामुअल, बिली स्ट्यानलेक, टिम वार्ड र टिग विलाई।

    Post Views: 89
    प्रकाशित मिति: २०८३ भाद्र ८, सोमबार ०९:१८
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    अब एकदिवसीय मान्यता जोगाउन नेपाललाई चुनौती
    प्रिमियर लिगमा लिड्सको अपराजित यात्रा जारी
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.