• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

कालो चश्मा लगाएरै सदन जानेछन् प्रधानमन्त्री बालेन, कारण यस्तो छ

  •  नेपाल चौतारी
  • २०८३ भाद्र ९, मंगलवार १२:१४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं- प्रधानमन्त्री बालेन शाह बुधबार दिउँसो १ बजे प्रतिनिधि सभा बैठकमा कालो चस्मा लगाएरै उपस्थित हुने भएका छन्। संसदमा सांसदहरूसँग प्रत्यक्ष प्रश्नोत्तर हुने कार्यसूची रहेको छ।

    सभामुख डोलप्रसाद अर्यालले प्रमुख सचेतक तथा सचेतकहरूमार्फत सांसदहरूलाई कालो चस्मा लगाएर बैठकमा उपस्थित नहुन आग्रह गरेका थिए। स्वास्थ्यसम्बन्धी कारणले चस्मा लगाउनुपर्ने अवस्था भए स्वास्थ्य परीक्षण रिपोर्टसहित कारण खुलाउन सभामुखले आग्रह गरेका थिए।

    सभामुखको आग्रहपछि प्रधानमन्त्री शाहले आफूले कालो चस्मा लगाउनुपर्ने कारण खुलाउँदै संघीय संसद सचिवालयलाई पत्र पठाएका छन्। उनले आँखामा समस्या देखिएपछि कालो चस्मा प्रयोग गर्नुपरेको भन्दै स्वास्थ्य परीक्षणको रिपोर्टसमेत सचिवालयमा बुझाएका छन्।

    प्रधानमन्त्री शाहले उज्यालोमा हेर्न असहज हुने समस्या भएपछि नेपाली सेनाको छाउनीस्थित सैनिक अस्पतालमा साउन २२ गते आँखाको परीक्षण गराएका थिए। उनको परीक्षण लेफ्टिनेन्ट कर्णेल डा. सचित ढकालले गरेका थिए।

    स्वास्थ्य परीक्षण रिपोर्टअनुसार प्रधानमन्त्री शाहलाई उज्यालोमा हेर्न कठिन हुने समस्या देखिएको छ। साथै, आँखामा सुख्खापन हुने भएकाले आवश्यकताअनुसार आइड्रप प्रयोग गर्नुपर्ने चिकित्सकीय सुझाव दिइएको छ।

    यही स्वास्थ्य अवस्थाका कारण कालो चस्मा लगाउनुपर्ने बाध्यता रहेको जानकारी प्रधानमन्त्रीले संसद सचिवालयलाई गराएका हुन्। त्यसैले सभामुखको आग्रहका बाबजुद प्रधानमन्त्री शाह बुधबारको संसद बैठकमा कालो चस्मामै उपस्थित हुने भएका छन्।

    Post Views: 78
    प्रकाशित मिति: २०८३ भाद्र ९, मंगलवार १२:१४
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.