• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका

  •  नेपाल चौतारी
  • २०८३ भाद्र ९, मंगलवार १५:२३ प्रकाशित
    • अ-
    • अ
    • अ+

    गोरखा ।आर्थिक अवस्था कमजोर भएकै कारण कोही पनि विद्यालय शिक्षाबाट वञ्चित हुनु नपरोस् भन्ने उद्देश्यले जिल्लाको सहिदलखन गाउँपालिकाले आवाससहित शिक्षा दिने व्यवस्था गरेको छ।

    आफ्नो पालिका भित्रका विपन्न बालबालिकालाई लक्षित गरेर गाउँपालिकाले वडा नं ६ घैरुङ बाँसकोटस्थित हिमालय माविमा आवासहित पढ्न पाउने व्यवस्था गरेको हो। पालिकावासीलाई शिक्षाको अधिकार सुनिश्चित गर्न हिमालय माविमा आवासीय शिक्षाको व्यवस्था गरेको पालिकाका अध्यक्ष रमेश थापा मगरले बताए।

    ‘पालिकाभित्रका अनाथ, असहाय र आर्थिक रुपमा विपन्न बालबालिकाहरुलाई सुरक्षित आवाससहित गुणस्तरीय शिक्षा दिने उद्देश्यले छात्रावास सञ्चालनमा ल्याएका हौँ’, अध्यक्ष थापाले भने।

    हाल गाउँपालिकाको हिमालय माविस्थित छात्रावासमा १३ जना बालबालिकाहरु आश्रित छन्। उनीहरुको कक्षा १० सम्मको शिक्षा र पालनपोषण सबैको जिम्मेवारी गाउँपालिकाले बेहोर्ने अध्यक्ष थापाको भनाइ छ।

    पालिकाभित्रका विपन्न बालबालिकाहरुका लागि आइतबारबाट सुरक्षित आवासीय शिक्षा सञ्चालनमा ल्याएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख राजेन्द्र खनालले बताए।

    उनका अनुसार विपन्न बालबालिकाका लक्षित आवासीय शिक्षा कार्यक्रममा लागि पालिकाले आर्थिक वर्ष २०८२÷०८३ मा रु १० लाख विनियोजन गरेको थियो। सोही रकमले हिमालय माविको रित्तो भवनमा छात्र र छात्राहरुका लागि छात्रावास, शौचालय र मेसको व्यवस्थापन गरेको बताए।

    ‘छात्रावास व्यवस्थापनको काम गत असारमै सकिएको थियो तर बर्खे बिदा र विद्यार्थीहरुको प्रथम त्रैमासिक परीक्षाका कारण सञ्चालनमा ल्याउन ढिला भयो’, उनले भने। गाउँपालिकाले २० जना बालबालिका क्षमताको छात्रावास सञ्चालनमा ल्याएको छ। त्यसलाई आवश्यकताअनुसार बढाउँदै लैजाने शिक्षा अधिकृत राजेन्द्र खनालले बताए।

    पारिवारिक अवस्थाका कारण अध्ययन गर्न नसकेका र संरक्षकको आवश्यकता भएका बालबालिकाहरुलाई पालिकाले आवेदन माग गरी छनोट गरेको थियो। छनोट भएका बालबालिकाहरु अधिकांशको आमा, बुबा नभएका वा भएकाहरुले दोस्रो विवाह गरेका र पारिवारिक अपहेलनामा परेका रहेको पालिकाले जनाएको छ।

    सहिदलखन गाउँपालिकाले सीमान्तकृत चेपाङ र बराम समुदायका बालबालिकाहरुको लागि सिंजाली माविमा छुट्टै आवासीय सुविधासहित पठनपाठन गर्ने तयारी गरेको छ। विद्यालयको भवन निर्माण कार्य सम्पन्न भए लगत्तै आगामी शैक्षिक सत्रबाट उक्त सेवा सञ्चालन गर्ने गाउँपालिकाका शिक्षा अधिकृत राजेन्द्र खनालको भनाइ छ।

    Post Views: 84
    प्रकाशित मिति: २०८३ भाद्र ९, मंगलवार १५:२३
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.