• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

रसुवा बाढीपछि प्रधानमन्त्री शाहद्वारा विपद् व्यवस्थापन परिषद्को बैठक आह्वान

  •  नेपाल चौतारी
  • २०८३ भाद्र १०, बुधबार ११:५८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं– रसुवामा बुधबार बिहान आएको भीषण बाढीपछि प्रधानमन्त्री वालेन्द्र शाहले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बोलाएका छन्।

    सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकमा रसुवा बाढीबाट हालसम्म भएको क्षतिको विवरणबारे जानकारी गराइएको छ। बैठकमा प्रधानमन्त्री शाहले प्रभावित क्षेत्रमा तत्काल उद्धार, खोज तथा राहत कार्य प्रभावकारी बनाउन सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिएका छन्।

    प्रधानमन्त्री शाहले विपद्को यस घडीमा सबैलाई आ–आफ्नो क्षेत्रबाट बाढी प्रभावित नागरिकको उद्धार, खोज तथा राहतमा जुट्न आग्रह गरेका छन्। उनले मानवीय जीवनरक्षा, सुरक्षित उद्धार र तत्काल राहतलाई पहिलो प्राथमिकता दिन निर्देशन दिएका छन्।

    उद्धार तथा राहत कार्यमा संलग्न सबै सरकारी तथा सुरक्षा निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेकोमा पनि उनले जोड दिएका छन्।

    प्रधानमन्त्री शाहले बाढी प्रभावित क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा जान र स्थानीय प्रशासन तथा सुरक्षा निकायले जारी गरेका निर्देशन पूर्ण रूपमा पालना गर्न आग्रह गरेका छन्।

    उनले विपद्सम्बन्धी सूचना प्राप्त गर्दा सरकारी निकाय, स्थानीय प्रशासन, सुरक्षा निकाय तथा विश्वसनीय सञ्चारमाध्यमबाट प्राप्त आधिकारिक सूचनालाई मात्र आधार बनाउन आग्रह गर्दै अप्रमाणित सूचना, हल्ला तथा अफवाह नफैलाउन समेत अनुरोध गरेका छन्।

    रसुवा बाढीबाट प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै प्रधानमन्त्री शाहले उद्धार, खोज तथा राहत कार्यमा सक्रिय रूपमा सहयोग गर्न सबैमा अपिल गरेका छन्।

    Post Views: 68
    प्रकाशित मिति: २०८३ भाद्र १०, बुधबार ११:५८
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.