• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

रसुवा बाढी : उद्धारका लागि नुवाकोट, धादिङ र चितवनबाट ठूलो संख्यामा सशस्त्र टोली परिचालन

  •  नेपाल चौतारी
  • २०८३ भाद्र १०, बुधबार १२:१५ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं — रसुवामा आएको बाढीबाट प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यलाई तीव्र बनाउन नुवाकोट, धादिङ र चितवनबाट ठूलो संख्यामा सशस्त्र प्रहरी परिचालन गरिएको छ। उद्धारका लागि सशस्त्र प्रहरी बल नेपाल नं. १९ गुल्म नुवाकोट, युएन शान्ति स्थापना तालिम शिक्षालय ककनी, धादिङ गुल्म, विपद् व्यवस्थापन बेस आदमघाट र नं. १७ गण चितवनबाट ठूलो संख्यामा सुरक्षाकर्मी प्रभावित क्षेत्रमा खटाइएको हो।

    बाढीका कारण प्रभावित नागरिकको उद्धार, खोजी तथा राहत कार्यलाई प्रभावकारी बनाउन आवश्यक जनशक्ति थप गर्दै सुरक्षाकर्मी परिचालन गरिएको सशस्त्र प्रहरीले जनाएको छ। बाढीको जोखिम तल्लो तटीय क्षेत्रमा समेत बढेपछि सुरक्षा निकायले उद्धार तथा राहत कार्यसँगै जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा सार्ने कामलाई प्राथमिकता दिएको छ।

    यसअघि सरकारले रसुवा बाढीपछि उद्धार तथा राहतका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरी परिचालन गरिसकेको छ। प्रभावित क्षेत्रमा थप मेडिकल टोली, एम्बुलेन्स तथा आवश्यक उद्धार सामग्रीसमेत पठाउने तयारी गरिएको छ। सम्भावित उद्धारका लागि हेलिकप्टरहरूलाई समेत स्ट्यान्डबाइमा राखिएको छ।

    निजी हेलिकप्टर कम्पनीलाई समेत आवश्यक पर्दा तत्काल परिचालन गर्न सकिने गरी तयारी अवस्थामा रहन भनिएको छ। बाढी प्रभावित तथा तल्लो तटीय क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा जान र स्थानीय प्रशासन तथा सुरक्षा निकायको निर्देशन पालना गर्न आग्रह गरिएको छ।

    Post Views: 92
    प्रकाशित मिति: २०८३ भाद्र १०, बुधबार १२:१५
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.