• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

बाढीपहिरो पीडितलाई सहायता गर्न भारत तयार, प्रधानमन्त्री मोदीद्वारा बलेनलाई फोन गरी समवेदना व्यक्त

  •  नेपाल चौतारी
  • २०८३ भाद्र १०, बुधबार १७:४४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ — भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा बाढीपहिरोका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै पीडितप्रति समवेदना प्रकट गरेका छन्। उनले नेपाललाई आवश्यक सबै प्रकारका मानवीय सहायता उपलब्ध गराउन भारत तयार रहेको बताएका छन्।

    प्रधानमन्त्री मोदीले नेपालका प्रधानमन्त्रीसँग कुराकानी गर्दै विपद्को कठिन परिस्थितिमा भारत नेपाली नागरिकको साथमा रहेको उल्लेख गरेका हुन्।

    सामाजिक सञ्जालमार्फत उनले उद्धार तथा राहतका लागि भारत र नेपालका सम्बन्धित टोलीबीच निकट समन्वय भइरहेको जानकारी दिएका छन्।

    मोदीले लेखेका छन्, “प्रधानमन्त्रीसँग कुराकानी गर्दै नेपालमा बाढीका कारण भएको जनधनको क्षतिप्रति समवेदना व्यक्त गरेको छु। यस कठिन समयमा भारतका जनता नेपालका हाम्रा दाजुभाइ तथा दिदीबहिनीहरूको साथमा उभिएका छन्। भारत नेपाललाई सम्भव भएसम्मका सबै मानवीय सहायता प्रदान गर्न तयार छ। हाम्रा टोलीहरू उद्धार र राहत कार्यमा निकटताका साथ समन्वय गरिरहेका छन्।”

    नेपालमा पछिल्ला दिनमा परेको अविरल वर्षाका कारण विभिन्न क्षेत्रमा बाढी र पहिरो जाँदा ठूलो जनधनको क्षति भएको छ। विपद्का कारण प्रभावितको उद्धार तथा राहत कार्य जारी रहेका बेला भारतले आवश्यक सहयोगका लागि तयार रहेको जनाएको हो।

    Post Views: 100
    प्रकाशित मिति: २०८३ भाद्र १०, बुधबार १७:४४
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.