• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

भोटेकोशी बाढी : तनहुँ, गोरखा र नवलपुरमा १३५ शव भेटिए, १९ वटा पोखरा ल्याइए

  •  नेपाल चौतारी
  • २०८३ भाद्र ११, बिहीबार १८:२८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    पोखरा । रसुवाको भोटेकोशीमा बुधबार आएको विनाशकारी बाढीमा परी मृत्यु भएका १३५ जनाको शव त्रिशूली नदीको तटीय क्षेत्रमा फेला परेको छ । बुधबार र बिहीबार तनहुँ, गोरखा र नवलपुरका विभिन्न स्थानमा ती शव भेटिएका हुन् ।

    प्रदेश प्रहरीका प्रवक्ता कृष्णप्रसाद कोइरालाका अनुसार नवलपुरमा सबैभन्दा धेरै ८१, गोरखामा ३२ र तनहुँमा २२ वटा शव फेला परेका छन् ।

    तनहुँमा भेटिएका ९ वटा शव व्यवस्थापनका लागि पोखरा ल्याइएको छ । बुधबार नै शवहरू फेला परे पनि शवगृहको क्षमता सीमित हुँदा व्यवस्थापनमा समस्या भएको थियो । तनहुँमा फेला परेका २२ शवमध्ये १२ जनाको शव तनहुँ जिल्ला अस्पताल, जीपी कोइराला मेमोरियल अस्पताल र चितवनमा व्यवस्थापन गरिएको छ ।

    यस्तै, गोरखामा भेटिएका १० वटा शव पनि पोखरा ल्याउने तयारी गरिएको छ । त्रिशूली नदीको तटीय क्षेत्रमा लगातार शव भेटिन थालेपछि अन्य जिल्लामा व्यवस्थापन गर्न कठिनाइ भएपछि कास्की जिल्ला प्रशासन कार्यालयले पोखरामा शव राख्ने व्यवस्था मिलाएको हो ।

    कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङका अनुसार गृह मन्त्रालयको समन्वय तथा शव व्यवस्थापन कार्यविधिअनुसार क्षमता अभाव भएका जिल्लाबाट शव पोखरा ल्याइएको हो । चितवनमा समेत शव व्यवस्थापनमा समस्या देखिएपछि पोखराका विभिन्न अस्पतालमा क्षमताअनुसार शव राख्ने व्यवस्था गरिएको उनले बताए ।

    हाल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शव राख्ने व्यवस्था मिलाइएको छ । आवश्यकताअनुसार अन्य निजी अस्पतालमा समेत शव राख्ने तयारी गरिएको छ ।

    पोखरामा कुल ७२ जनासम्मको शव व्यवस्थापन गर्न सकिने क्षमता भए पनि केही शव यसअघि नै रहेकाले हाल करिब ६५ जनासम्म राख्न सकिने सीडीओ गुरुङले जानकारी दिए ।

    उनका अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ६०, गण्डकी मेडिकल कलेजमा ४ र मणिपाल शिक्षण अस्पतालमा ८ वटा शव राख्ने व्यवस्था गरिएको छ । त्यस्तै चरक मेमोरियल अस्पताल, फेवा सिटी अस्पताल र फिस्टेल अस्पतालमा २–२ वटा शव राख्ने तयारी गरिएको छ ।

    Post Views: 133
    प्रकाशित मिति: २०८३ भाद्र ११, बिहीबार १८:२८
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.