• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

मृत माछामासु सेवन नगर्न अपिल गैँडाकोट नगरपालिकाको अपिल

  •  नेपाल चौतारी
  • २०८३ भाद्र ११, बिहीबार २०:३७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट नगरपालिकाले बाढीले बगाएर ल्याएका वा मृत अवस्थामा भेटिएका माछा, पशुपन्छी तथा अन्य जनावरको मासुजन्य पदार्थ उपभोग नगर्न नगरवासीलाई आग्रह गरेको छ ।

    नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख जनस्वास्थ्य निरीक्षक झलकराज पौडेलले बाढीका कारण नदी तथा खोलामा बगेर आएका माछा, पशुपन्छी र अन्य जनावर मृत अवस्थामा भेटिन थालेकाले तिनको उपभोग नगर्न सार्वजनिक अपिल गरिएको जानकारी दिए ।

    उनका अनुसार मृत माछा तथा पशुपन्छीको मासु सेवन गर्दा विभिन्न रोग तथा संक्रमणको जोखिम बढ्न सक्छ । बाढीबाट दूषित पानी र वातावरणको सम्पर्कमा आउँदा समेत स्वास्थ्य समस्या निम्तिन सक्ने भएकाले विशेष सावधानी अपनाउन उनले आग्रह गरेका छन् ।

    नगरपालिकाले बाढीले बगाएर ल्याएका वा मृत अवस्थामा भेटिएका माछा तथा पशुपन्छीलाई किनबेच, वितरण वा उपभोग नगर्न अनुरोध गरेको छ । त्यस्ता मृत जनावरलाई नाङ्गो हातले नछुन तथा बालबालिका र घरपालुवा जनावरलाई त्यस्ता स्थानबाट टाढा राख्न पनि आग्रह गरिएको छ ।

    त्यस्तै, बाढीका कारण दूषित भएको वा हुन सक्ने पानी नपिउन र आवश्यक परे पानी उमालेर वा सम्बन्धित निकायले सिफारिस गरेको विधिबाट शुद्धीकरण गरी मात्र प्रयोग गर्न पौडेलले सुझाव दिएका छन् ।

    बाढीको पानी, फोहर वा मृत पशुपन्छी तथा माछाको सम्पर्कमा आएपछि साबुनपानीले हात राम्ररी धुनुपर्ने उनले बताए । विशेषगरी खाना खानुअघि र खाना तयार गर्नुअघि हात सफा गर्नुपर्नेमा उनले जोड दिएका छन् ।

    नदी किनार वा अन्य स्थानमा मृत पशुपन्छी तथा माछा भेटिएमा आफैं व्यवस्थापन नगरी सम्बन्धित वडा कार्यालय वा गैँडाकोट नगरपालिकालाई जानकारी गराउन पनि आग्रह गरिएको छ ।

    बाढीपछि ज्वरो, झाडापखाला, बान्ता, पेट दुख्ने, छालामा संक्रमण, आँखा रातो हुने, शरीर दुख्ने लगायतका स्वास्थ्य समस्या देखिन सक्ने भएकाले यस्ता लक्षण देखिएमा तत्काल नजिकको स्वास्थ्य संस्थामा पुगेर स्वास्थ्य परीक्षण तथा आवश्यक उपचार गराउन नगरपालिकाले अनुरोध गरेको छ।

    Post Views: 90
    प्रकाशित मिति: २०८३ भाद्र ११, बिहीबार २०:३७
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.