• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

आज जनैपूर्णिमा पर्व मनाइँदै

  •  नेपाल चौतारी
  • २०८३ भाद्र १२, शुक्रबार ०६:२७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ । देशभर आज नवयज्ञोपवीत (जनै) तथा रक्षाबन्धन धारण गर्दै जनैपूर्णिमा पर्व मनाइँदैछ। श्रावण शुक्ल पूर्णिमाका अवसरमा वैदिक सनातन धर्मावलम्बीले बिहानै नदी, ताल, तलाउ, पोखरी तथा कुण्डमा स्नान गरी गुरु–पुरोहितबाट रक्षासूत्र बाँध्ने परम्परा छ।

    धार्मिक मान्यताअनुसार गुरु–पुरोहितले विधिपूर्वक मन्त्र गरेको यज्ञोपवीत र रक्षासूत्र धारण गर्दा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने विश्वास गरिन्छ। मानव रक्षाका लागि जप, तप तथा पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो ब्राह्मण पुरोहितले वैदिक मन्त्रोच्चारणसहित यजमानको दाहिने नाडीमा बाँधिदिने चलन छ।

    जनैपूर्णिमाका दिन ब्राह्मण, क्षेत्री र वैश्यलगायत तागाधारी समुदायले पुरानो जनै फेरेर नयाँ यज्ञोपवीत धारण गर्ने धार्मिक विधान छ। त्यसअघि श्रावण शुक्ल चतुर्दशीदेखि कपाल मुण्डन गरी एक छाक मात्र खाएर चोखोनितो गरी व्रत बस्ने परम्परा रहिआएको छ।

    पूर्णिमाका दिन व्रतालुले बिहानै नदी, पोखरी, ताल तथा कुण्डमा पुगेर गाईको गोबर, खरानी, दतिवन र सप्तमृत्तिका प्रयोग गरी स्नान गर्छन्। स्नानपछि जौ, तिल र कुशद्वारा ऋषिहरूलाई तर्पण दिई वैदिक विधिअनुसार नयाँ जनै धारण गरिन्छ।

    अरुन्धतीसहित कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि, वशिष्ठ र अगस्त्य गरी आठ ऋषिको पूजा तथा तर्पण गरिने भएकाले जनैपूर्णिमालाई ऋषितर्पणी पनि भनिन्छ।

    वैदिक गुरु परम्परामा यज्ञोपवीतलाई ब्रह्मसूत्र तथा ज्ञानको धागोका रूपमा समेत लिइन्छ। जनै तथा रक्षासूत्र धारण गर्न बिहानैदेखि पशुपतिनाथ मन्दिर परिसर, वसन्तपुरस्थित अशोकविनायक, वाग्मती नदी किनार तथा देशभरका विभिन्न मठमन्दिरमा भक्तजनको भीड लाग्ने गर्छ।

    जनैपूर्णिमाको अर्को विशेषता क्वाँटी हो। विभिन्न ११ थरिका गेडागुडी भिजाएर टुसा उमारेर तयार गरिएको क्वाँटी खाने चलन छ। क्वाँटी खाँदा शरीरमा रोग प्रतिरोधी क्षमता बढ्ने, पेट सफा हुने तथा वर्षायाममा खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो हटाएर भित्री ताप बढाउने धार्मिक तथा आयुर्वेदिक मान्यता छ।

    तराई क्षेत्रमा भने जनैपूर्णिमाका दिन दिदीबहिनीले दाजुभाइको हातमा राखी बाँधेर पर्व मनाउने चलन छ। राखी बाँध्दा दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम र आत्मीयता अझ प्रगाढ हुने सामाजिक विश्वास छ। पछिल्लो समय यो परम्परा पहाडी तथा अन्य क्षेत्रमा समेत विस्तार हुँदै गएको छ।

    जनैपूर्णिमाको अवसरमा काठमाडौँको उत्तरपूर्वी क्षेत्रमा रहेको मणिचूड, रसुवाको गोसाइँकुण्ड, ललितपुरको कुम्भेश्वर, सिन्धुपाल्चोकको पाँचपोखरी, धनुषाको जनकपुरधाम, धनुषसागर र गङ्गासागर, जुम्लाको दानसाधु तथा नवलपरासीको त्रिवेणीधामलगायतका धार्मिक तथा पर्यटकीय स्थलमा बिहानैदेखि मेला तथा धार्मिक गतिविधि हुने गर्छ।

    Post Views: 85
    प्रकाशित मिति: २०८३ भाद्र १२, शुक्रबार ०६:२७
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.