• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

भोटेकोशी बाढी : आठ जिल्लामा ४६९ शव फेला, १ हजार ५४५ जनाको उद्धार

  •  नेपाल चौतारी
  • २०८३ भाद्र १२, शुक्रबार ०८:३२ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि प्रभावित विभिन्न आठ जिल्लामा हालसम्म ४६९ जनाको शव फेला परेको छ। नेपाल प्रहरीले शुक्रबार बिहान सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार बाढीबाट ठूलो जनधनको क्षति भएको छ।

    प्रहरीका अनुसार बाढीले बगाएर ल्याएका शव रसुवासहित तल्लो तटीय क्षेत्रका विभिन्न जिल्लामा फेला परेका हुन्। सबैभन्दा धेरै चितवनमा १७८ र नवलपरासी (पूर्व) मा ११० शव भेटिएका छन्।

    यस्तै, गोरखामा ४४, नुवाकोटमा ३७, धादिङमा ३३, तनहुँमा २८, नवलपरासी (पश्चिम) मा २७ र रसुवामा १२ जनाको शव फेला परेको प्रहरीले जनाएको छ।

    बाढी प्रभावित क्षेत्रबाट हालसम्म १ हजार ५४५ जना घाइते तथा जोखिममा परेका नागरिकको उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये नुवाकोटबाट ८९८, रसुवाबाट ६४४ र धादिङबाट तीन जना रहेका छन्।

    उद्धार गरिएकामध्ये ८४ जना घाइतेको काठमाडौँ उपत्यकाका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। केही घाइते भने उपचारपछि डिस्चार्ज भइसकेका छन्।

    बाढीपछि जारी खोज तथा उद्धार अभियानमा ४ हजार ३४८ जना प्रहरी कर्मचारी परिचालन गरिएको नेपाल प्रहरीले जनाएको छ। बाढीका कारण २८ जना प्रहरी कर्मचारी अझै सम्पर्कविहीन छन्। उनीहरूको खोजी कार्यलाई तीव्र पारिएको प्रहरीले जनाएको छ।

    Post Views: 72
    प्रकाशित मिति: २०८३ भाद्र १२, शुक्रबार ०८:३२
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.