• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

ड्याम पुनः फुटेपछि भोटेकोशी र त्रिशूली तटीय क्षेत्रमा उच्च सतर्कता, सुरक्षित स्थानमा जान चेतावनी

  •  नेपाल चौतारी
  • २०८३ भाद्र १२, शुक्रबार १२:३१ प्रकाशित
    • अ-
    • अ
    • अ+

    रसुवा । नेपाल–चीन सीमावर्ती क्षेत्रअन्तर्गत तिब्बततर्फ पहिरोका कारण थुनिएको कृत्रिम ताल (ड्याम) पुनः फुटेको जानकारी प्राप्त भएपछि नेपालतर्फका नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ।

    चीनको जिरोङ नाकाभन्दा माथिल्लो क्षेत्रमा पहिरोका कारण बनेको ड्याम फुटेर ठूलो परिमाणमा पानी तल्लो क्षेत्रमा बग्न थालेपछि भोटेकोशी र त्रिशूली नदी आसपास बाढीको जोखिम बढेको हो। सम्भावित जोखिमलाई मध्यनजर गर्दै नेपाल प्रहरीले सार्वजनिक सूचना जारी गरी नदी किनार तथा जोखिमपूर्ण क्षेत्रमा रहेका नागरिकलाई सतर्क रहन आग्रह गरेको छ।

    रसुवामा वस्तुस्थिति नियन्त्रण तथा समन्वयका लागि खटिएका एसएसपी दीप शमशेर जबराले ड्याम पुनः फुटेको सूचना प्राप्त भएसँगै उद्धार तथा राहतमा खटिएका सुरक्षाकर्मी, उद्धारकर्मी र सर्वसाधारणलाई तत्काल सुरक्षित स्थानमा जान निर्देशन दिइएको बताए।

    बुधबार आएको भीषण पहिरोपछि बनेको उक्त कृत्रिम तालमा पानीको सतह बढेर ओभरफ्लो भइरहेको थियो। त्यसैबीच ड्याम पुनः फुटेपछि भोटेकोशी हुँदै त्रिशूली नदीमा आकस्मिक रूपमा ठूलो बाढी आउन सक्ने जोखिम बढेको प्रहरीले जनाएको छ।

    प्रहरीले भोटेकोशी र त्रिशूली नदी किनारमा रहेका बस्ती तथा जोखिमयुक्त क्षेत्रका नागरिकलाई तत्काल सुरक्षित स्थानमा सर्न र नदीको बहाव बढेको अवस्थामा नदी किनारमा नजान आग्रह गरेको छ।

    Post Views: 69
    प्रकाशित मिति: २०८३ भाद्र १२, शुक्रबार १२:३१
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.