• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

बाढी–पहिरोका कारण देशभरका विभिन्न राजमार्ग अवरुद्ध, केही सडकमा राति सवारी निषेध

  •  नेपाल चौतारी
  • २०८३ भाद्र १३, शनिबार ०७:४९ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं । बाढी तथा पहिरोका कारण देशका विभिन्न प्रमुख राजमार्ग तथा सडक खण्डमा यातायात प्रभावित भएको छ । नेपाल प्रहरीका अनुसार बागमती, कोशी, लुम्बिनी र कर्णाली प्रदेशका विभिन्न सडकमा बाढी, पहिरो तथा कटानका कारण आवागमन अवरुद्ध भएको हो ।

    बागमती प्रदेशमा सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ कोदारीमा पहिरो खसेपछि अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । त्यस्तै, रसुवाको त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी सडक र नुवाकोटका विभिन्न मुख्य सडक खण्ड पनि बाढीका कारण बन्द रहेका छन् ।

    काभ्रेको विपी राजमार्ग र मकवानपुरको कान्ति लोकपथमा बाढीको सम्भावित जोखिमलाई मध्यनजर गर्दै रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ । विपी राजमार्गमा साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म तथा कान्ति लोकपथमा साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालन निषेध गरिएको प्रहरीले जनाएको छ । नुवाकोटको टोखा–छहरे सडक खण्डमा पनि राति १० बजेदेखि बिहान ५ बजेसम्म सवारी चलाउन रोक लगाइएको छ ।

    यसैगरी, पृथ्वी राजमार्गअन्तर्गत धादिङका ज्वाङखोला, गल्छी, बैरेनीलगायत क्षेत्रमा बाढीका कारण सडक एकतर्फी सञ्चालनमा रहेको छ ।

    कोशी प्रदेशको मेची राजमार्गअन्तर्गत इलामको राजदुवालीमा अविरल वर्षाका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । प्रहरीले उक्त क्षेत्रमा यात्रा गर्नेहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ ।

    लुम्बिनी प्रदेशको रोल्पामा सहिद राजमार्ग पहिरोका कारण अवरुद्ध भएको छ । कर्णाली प्रदेशको रुकुम पश्चिममा जाजरकोट–डोल्पा सडक खण्ड रिजेगाड खोलामा आएको बाढीका कारण पूर्ण रूपमा बन्द रहेको प्रहरीले जनाएको छ ।

    काठमाडौं उपत्यकाको मुख्य प्रवेशमार्ग नागढुङ्गा–मुग्लिन सडक भने हाल पूर्ण रूपमा सञ्चालनमा रहेको छ । यद्यपि, धादिङको बैरेनी बजार क्षेत्रमा करिब एक किलोमिटर सडक एकतर्फी रूपमा मात्र सञ्चालन भइरहेको छ ।

    वर्षायाममा सडकको अवस्था जुनसुकै बेला परिवर्तन हुन सक्ने भएकाले लामो दूरीको यात्रा गर्नुअघि सम्बन्धित निकायसँग सडकको पछिल्लो अवस्थाबारे जानकारी लिन र आवश्यक सावधानी अपनाउन नेपाल प्रहरीले सर्वसाधारणलाई आग्रह गरेको छ ।

    Post Views: 80
    प्रकाशित मिति: २०८३ भाद्र १३, शनिबार ०७:४९
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.