• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

त्रिशूली ३ ‘ए’ सुरुङमा फसेका कर्मचारीको उद्धारका लागि पाँच ठाउँमा प्वाल बनाइयो, आजै अवस्था पत्ता लगाउने तयारी

  •  नेपाल चौतारी
  • २०८३ भाद्र १४, आईतवार १४:५५ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले त्रिशूली थ्री-ए आयोजनाको सुरुङमा फसेका कर्मचारीको उद्धारका लागि पाँच वटा ड्रिल (प्वाल) बनाएको छ। ती प्वालबाट सुरुङभित्र हावा पठाउनुका साथै भित्रको अवस्थाबारे जानकारी लिने प्रयास भइरहेको छ।

    सुरुङ विज्ञ तथा सांसद् श्रीराम न्यौपानेका अनुसार उद्धार टोलीले ड्रिल गर्ने र सुरुङभित्रको अवस्था बुझ्ने काम जारी राखेको छ। उनी उद्धारस्थलमै बसेर उक्त प्रक्रियाको नेतृत्व गरिरहेका छन्।

    न्यौपानेका अनुसार एक्स्काभेटर प्रयोग गरी सुरुङको स्ल्याब पत्ता लगाउने प्रयास भइरहेको छ। तर, खन्ने क्रममा चट्टान भेटिएपछि उद्धार कार्य केही जटिल बनेको छ। चट्टानको मात्रा कम भएमा स्ल्याब छिट्टै पत्ता लाग्ने र आवश्यक परे विस्फोट गराएर सुरुङभित्र प्रवेश गर्ने विकल्पमा समेत काम भइरहेको उनले बताए।

    उद्धारमा नेपाली सेना, नेपाल विद्युत् प्राधिकरण तथा विभिन्न सुरुङ विज्ञहरूको टोली परिचालित छ।

    प्राधिकरणका इन्जिनियर सुरज दाहालका अनुसार एक–दुई जना व्यक्ति प्रवेश गर्न सक्ने गरी प्वाल बनाउन सके नेपाली सेनाका उद्धार विज्ञलाई सुरुङभित्र पठाएर अवस्था निरीक्षण गरिनेछ। सुरुङभित्र लेदो नछिरेको पुष्टि भए थप उद्धारकर्तालाई प्रवेश गराई फसेका कर्मचारीलाई एक–एक गर्दै बाहिर निकाल्ने तयारी रहेको उनले बताए।

    प्राधिकरणका अनुसार आयोजनाको सुरुङमा फसेका कर्मचारीको उद्धार कार्य बाढी आएको दुई दिनपछि शुक्रबारबाट मात्रै सुरु भएको हो। पाँच दिनसम्म पनि सुरुङ छिचोलेर फसेका कर्मचारीसम्म पुग्न नसकेपछि उनीहरूको अवस्थाबारे चिन्ता बढ्दै गएको अधिकारीहरूले बताएका छन्।

    प्राधिकरणका अनुसार आयोजनाको भूमिगत विद्युत्गृहमा ओभरहलिङको काम गरिरहेका करिब ४०–४२ जना उच्च विज्ञसहितका प्राविधिक जनशक्ति सुरुङभित्र फसेको अनुमान गरिएको छ।

    Post Views: 94
    प्रकाशित मिति: २०८३ भाद्र १४, आईतवार १४:५५
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.