• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

रवि लामिछाने र मुख्यमन्त्री थापाबीच भेटवार्ता, विपद् व्यवस्थापनमा तीन तहबीच समन्वयको आवश्यकता औंल्याइयो

  •  नेपाल चौतारी
  • २०८३ भाद्र १४, आईतवार १७:२० प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाबीच पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा भेटवार्ता भएको छ।

    भेटमा पछिल्लो बाढीपहिरोबाट भएको क्षति, उद्धार तथा राहत व्यवस्थापन र संघ, प्रदेश तथा स्थानीय तहबीचको समन्वयका विषयमा छलफल भएको हो।

    मुख्यमन्त्री थापाले विपद्को समयमा तीन तहका सरकारबीच अपेक्षित रूपमा प्रभावकारी समन्वय हुन नसकेको गुनासो गरे। समन्वयको अभावमा प्रदेश सरकारले आफ्नै ढंगले काम गर्नुपरेको बताउँदै उनले प्रधानमन्त्री विपद् प्रभावित क्षेत्रको निरीक्षणमा पुग्दा समेत प्रदेश सरकारलाई पूर्वजानकारी नदिइएकोप्रति असन्तुष्टि जनाए।

    उनले विपद् व्यवस्थापनका क्रममा कुन तहको सरकारले कुन जिम्मेवारी सम्हाल्ने भन्ने स्पष्ट कार्यविभाजन आवश्यक रहेको बताए।

    प्रभावित क्षेत्रको अवस्थाबारे जानकारी दिँदै मुख्यमन्त्री थापाले राहतका लागि पठाइएका सामग्री नुवाकोटको बट्टार क्षेत्रमा थुप्रिएको र त्यसभन्दा माथिल्लो भेगसम्म सामग्री पुर्‍याउन कठिनाइ भइरहेको जानकारी गराए।

    त्यस्तै, जलवायु परिवर्तनका दीर्घकालीन असरलाई ध्यानमा राख्दै नदी किनारमा रहेका जोखिमयुक्त बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न संघ, प्रदेश र स्थानीय सरकारले समन्वयात्मक रूपमा तत्काल कदम चाल्नुपर्नेमा उनले जोड दिए।

    भेटमा रास्वपा सभापति लामिछानेले विपद्को समयमा प्रदेश सरकारले संघीय र स्थानीय सरकारबीच समन्वय गर्ने सेतुको भूमिका निर्वाह गर्नुपर्ने बताए।

    संकटको समयमा तीनै तहका सरकार एकजुट भएर अघि बढ्नुपर्नेमा आफूहरू पूर्ण रूपमा सचेत रहेको उल्लेख गर्दै लामिछानेले संघीय सरकारका तर्फबाट आवश्यक सहयोग जुटाउन समन्वय र सहजीकरण गर्ने प्रतिबद्धता जनाए।

    Post Views: 80
    प्रकाशित मिति: २०८३ भाद्र १४, आईतवार १७:२०
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.