• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

एसिसी प्रिमियर कपः पहिलो खेलमा आज बहराइनसँग भिड्दै नेपाल

  •  नेपाल चौतारी
  • २०८३ भाद्र १५, सोमबार ०७:१४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो संस्करणअन्तर्गत नेपालले आज बहराइनसँग प्रतिस्पर्धा गर्दैछ। मलेसियामा आइतबारदेखि सुरु भएको प्रतियोगितामा नेपालले पहिलो खेल खेल्न लागेको हो।

    सहभागी १० टोलीलाई पछि पार्दै उपाधि जित्ने र सन् २०२७ मा आयोजना हुने एसिया कपमा स्थान सुरक्षित गर्ने लक्ष्यसहित नेपाली टोली मैदानमा उत्रँदैछ। नेपाल र बहराइनबीचको खेल बिहान ७ः१५ बजे सुरु हुनेछ।

    प्रतियोगितामा सहभागी १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। नेपाल समूह ‘ए’ मा छ। यो समूहमा बहराइनसँगै आयोजक मलेसिया, हङकङ र साउदी अरेबिया छन्। समूह ‘बी’ मा संयुक्त अरब इमिरेट्स (युएई), कुवेत, ओमान, कतार र सिङ्गापुर रहेका छन्।

    मलेसियाको बाङ्गीस्थित वाईएसडी–यूकेएम क्रिकेट ओभलमा हुने ५० ओभरको खेलमा नेपाल र बहराइन पहिलोपटक आमनेसामने हुन लागेका हुन्।

    नेपालले समूह चरणको दोस्रो खेल भदौ १८ गते आयोजक मलेसियाविरुद्ध खेल्नेछ। पछिल्ला पाँच एकदिवसीय खेलमा नेपाल मलेसियासँग अपराजित छ। त्यस्तै, प्रतियोगिताअघि भएका दुई अभ्यास खेलमा पनि नेपालले मलेसियालाई पराजित गरेको थियो।

    समूह चरणको तेस्रो खेलमा नेपालले भदौ २१ गते साउदी अरेबियासँग खेल्नेछ भने अन्तिम खेल भदौ २३ गते हङकङसँग हुनेछ। साउदी अरेबियासँग भएका यसअघिका दुई खेलमा नेपालले एकमा जित निकालेको छ भने अर्को खेल रद्द भएको थियो। ५० ओभरको क्रिकेटमा हङकङविरुद्ध भने नेपालले चारमध्ये एक खेल जित्दा दुई खेलमा पराजय बेहोरेको छ।

    दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन्। प्रतियोगिताको विजेताले सन् २०२७ मा हुने एसिया कपमा सिधै स्थान बनाउनेछ।

    नेपाली राष्ट्रिय टोलीका पूर्वसदस्य तथा क्यानको खेलाडी छनोट समितिका पूर्वसंयोजक दीपेन्द्र चौधरीले पर्याप्त तयारीका कारण नेपाल उपाधिको बलियो दाबेदार रहेको बताएका छन्। उनका अनुसार भारतमा गरिएको प्रशिक्षण र मलेसियाको पिचमा खेलिएका अभ्यास खेलले नेपाली टोलीलाई फाइदा पुग्नेछ।

    “बलिङ नेपालको मुख्य शक्ति हो,” चौधरीले भने। उनले प्रतियोगितामा नेपालका प्रमुख प्रतिस्पर्धीका रूपमा युएई र ओमानलाई औँल्याएका छन्।

    नेपालले सन् २०२३ मा घरेलु मैदानमा भएको पहिलो संस्करणको फाइनलमा युएईलाई सात विकेटले हराउँदै उपाधि जितेको थियो। यसपटक नेपाली टोली त्यही सफलता दोहोर्‍याउने लक्ष्यमा छ।

    Post Views: 79
    प्रकाशित मिति: २०८३ भाद्र १५, सोमबार ०७:१४
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.