• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

पृथ्वी, अरनिको र मेची राजमार्ग अवरुद्ध : देशभरका कुन सडकको अवस्था के छ ?

  •  नेपाल चौतारी
  • २०८३ भाद्र १५, सोमबार ०८:४४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ – अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न स्थानका प्रमुख राजमार्ग तथा सडक खण्डमा यातायात प्रभावित भएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार कोशी, बागमती र कर्णाली प्रदेशका विभिन्न सडकमा पहिरो खस्नुका साथै बाढीको जोखिम बढेपछि केही सडक पूर्ण रूपमा बन्द भएका छन् भने केहीमा आंशिक रूपमा मात्र सवारी सञ्चालन भइरहेको छ।

    कोशी प्रदेशमा इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्ग भदौ २३ गतेदेखि पूर्ण रूपमा अवरुद्ध छ। ताप्लेजुङलाई झापासँग जोड्ने उक्त सडक बन्द भएपछि वैकल्पिक मार्गबाट सवारीसाधन सञ्चालन भइरहेको प्रहरीले जनाएको छ।

    बागमती प्रदेशमा पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ कृष्णभिर र गजुरी गाउँपालिका–२ परेवाभिरमा भदौ १४ गते पहिरो खसेपछि सडक पूर्ण रूपमा बन्द छ। यस्तै, अरनिको राजमार्गअन्तर्गत सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ कोदारीमा पहिरोका कारण यातायात सञ्चालन हुन सकेको छैन।

    रसुवामा बाढीका कारण उत्तरगया गाउँपालिका–५ खाल्टेस्थित त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी सडकखण्ड तथा पासाङ ल्हामु सडकखण्ड पनि पूर्ण रूपमा अवरुद्ध भएका छन्।

    सम्भावित दुर्घटना र थप क्षतिको जोखिमलाई मध्यनजर गर्दै केही सडकमा निश्चित समयका लागि सवारी सञ्चालनमा रोक लगाइएको छ।

    वि.पि. राजमार्ग: काभ्रेको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी खण्डमा साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। बिहान ४ बजेदेखि साँझ ६ बजेसम्म सडकको अवस्था हेरेर मात्र सवारी सञ्चालन गर्न दिइएको छ।

    कान्ति लोकपथ: मकवानपुरको हेटौँडा–ठिङ्गन–बागमती–ललितपुर खण्डमा राति ७ बजेदेखि बिहान ५ बजेसम्म सवारी आवागमनमा रोक लगाइएको छ।

    टोखा–छहरे सडक: नुवाकोटको शिवपुरी गाउँपालिका–८ घट्टेखोला क्षेत्रमा राति १० बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा प्रतिबन्ध लगाइएको छ।

    कर्णाली प्रदेशमा मुगुको छायाँनाथ रारा नगरपालिका–७ स्थित झ्यारीखोला र टोक्ला क्षेत्रमा पहिरो खसेपछि नाग्म–मुगु–गमगढी सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।

    Post Views: 69
    प्रकाशित मिति: २०८३ भाद्र १५, सोमबार ०८:४४
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.