• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

एउटै शवमा तीन परिवारको दाबी

  •  नेपाल चौतारी
  • २०८३ भाद्र १५, सोमबार ०९:४९ प्रकाशित
    • अ-
    • अ
    • अ+

    पोखरा । नुवाकोटका राजकुमार तामाङले पाँच वर्षीय छोरा प्रिन्सको शव घाँटीमा लगाएको टाइ र माला हेरेर पहिचान गरे । विद्यालय जाने क्रममा भोटेकोशीको बाढीमा बगेका प्रिन्सको शव नवलपुरको नारायणी नदी किनारमा फेला परेको थियो । नेपाल प्रहरीले शवको तस्बिर वेबसाइटमा सार्वजनिक गरेपछि राजकुमारले त्यही तस्बिर हेरेर छोराको पहिचान गरेका हुन् । त्यसपछि उनी पोखरा पुगेर शव बुझी घर फर्किए ।

    भक्तपुरका सत्यकृष्ण पराजुलीले पनि दाजु सत्यसुन्दर प्रजापतिको शव घाँटीमा रहेको ट्याटुबाट चिने । रसुवाबाट बगाएर ल्याइएको सत्यसुन्दरको शव पोखरामा ल्याइएको थियो । पछिल्लो समय आफन्तहरूले कपडा, गहना, ट्याटु तथा शरीरका अन्य चिनारीका आधारमा शव पहिचान गरिरहेका छन् ।

    भोटेकोशी बाढीले बगाएर ल्याएका १०२ वटा शव पोखरा ल्याई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको शवगृहमा राखिएको छ । तीमध्ये धेरै शव क्षतविक्षत अवस्थामा छन् । कसैको हात मात्रै छ भने कसैको खुट्टा मात्रै फेला परेको छ । यस्तो अवस्थामा शव पहिचान थप चुनौतीपूर्ण बनेको छ ।

    शवहरूको तस्बिर खिचेर डिस्प्लेमा राखिएको छ । आफन्तहरूले त्यही तस्बिर हेरेर आफ्ना प्रियजनको पहिचान गर्ने प्रयास गरिरहेका छन् । गोरखा, तनहुँ र पूर्वी नवलपरासीमा भेटिएका शवसमेत पोखरा ल्याइएको हो ।

    कतिपय अवस्थामा एउटै शवमा एकभन्दा बढी परिवारले आफ्नो आफन्त भएको दाबी गरेका छन् । एउटा शवमा त तीन परिवारले दाबी गरेपछि अहिलेसम्म वास्तविक पहिचान हुन सकेको छैन । कास्की प्रहरी प्रमुख एसपी नवीन कार्कीका अनुसार उक्त शवको डीएनए निकालिएको छ र परीक्षणपछि मात्रै वास्तविक पहिचान खुल्नेछ ।

    पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएका १०२ शवमध्ये हालसम्म ४६ वटाको पोस्टमार्टम गरिएको छ । पोस्टमार्टम गरिएका शवमध्ये १० वटाको पहिचान भइसकेको र आफन्तले बुझेर लगिसकेका छन् । बाँकी शवको पोस्टमार्टम प्रक्रिया जारी रहेको प्रहरीले जनाएको छ ।

    पोस्टमार्टमका क्रममा शवबाट डीएनए नमुना निकालिएको छ भने फिंगरप्रिन्टबाट समेत पहिचान गर्ने प्रयास भइरहेको छ । तर अधिकांश शवको शारीरिक अवस्था बिग्रिएका कारण बायोमेट्रिक माध्यमबाट पहिचान गर्न कठिन भइरहेको प्रहरीको भनाइ छ ।

    एसपी कार्कीका अनुसार सरकारी अभिलेखमा सुरक्षित रहेको पुरानो फिंगरप्रिन्टसँग तुलना गर्न सके सग्ला तथा औंलामा क्षति नपुगेका शवको पहिचान सम्भव हुन सक्छ । तर धेरै शव क्षतविक्षत भएकाले यो विधि सबैमा लागू गर्न सकिने अवस्था छैन ।

    शव पहिचानमा विवाद देखिएपछि प्रशासनलाई व्यवस्थापनमा समेत कठिनाइ भएको छ । पहिचान हुन नसकेका शवलाई पोखरा महानगरपालिका–१६ स्थित सिँचाइको जग्गामा व्यवस्थापन गर्ने तयारी गरिएको छ ।

    ‘पहिचान भएकाहरू आफन्तको जिम्मा लगाइन्छ । आजसम्म पहिचान नभएका शवलाई व्यवस्थापन गर्ने तयारी गरेका छौँ,’ एसपी कार्कीले भने, ‘डीएनए परीक्षणको रिपोर्ट आएपछि पहिचान गरेर आफन्तलाई बुझाउन सकिन्छ ।’

    शव पहिचानका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक हजारभन्दा बढी आफन्त पुगेका छन् । प्रहरीले सहायता कक्ष स्थापना गरी आफन्तलाई शव पहिचान तथा अन्य प्रक्रियामा सहजीकरण गरिरहेको छ।

    Post Views: 63
    प्रकाशित मिति: २०८३ भाद्र १५, सोमबार ०९:४९
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.