यहि भदौ १० गते भोटेकोशीमा आएको बाढी र अबका कदम बारे छलफल गर्न सर्वदलिय बैठक शुरु भएको छ । सत्तारुढ रास्वपाको आव्हानमा आयोजना गरिएको छलफलमा बाढिका कारण भएको क्षति, बेपत्ताको खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल हुने बताइएको छ ।
सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा सुरु आजको बैठकमा विभिन्न राजनीतिक दलका दोस्रो तहका नेताहरू सहभागी छन् ।
बैठकमा विपद्पछिको पुननिर्माण, राष्ट्रिय विपद् नीतिमा समयानुकूल सुधार तथा सरकारका कामकारबाहीलाई निरन्तर सल्लाह, सहयोग र अनुगमन गर्न संसदीय समिति (उच्चस्तरीय सर्वदलीय संयन्त्र) गठनको प्रक्रिया अघि बढाउने विषय मुल एजेण्डा रहेको छ ।
भोटेकोशी बाढी पछि पनि रास्वपाको आव्हानमा सर्वदलिय बैठक बसेको थियो । उक्त बैठकले विपद्को दिगो समाधान र पूर्वतयारीसम्बन्धी १० बुँदे साझा सङ्कल्प पारित गरेको थियो ।






