• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

घट्न सकेन किशोरी आमा बन्नेक्रम

  •  नेपाल चौतारी
  • २०८३ भाद्र १७, बुधबार ०८:०६ प्रकाशित
    • अ-
    • अ
    • अ+

    चितवन । स्वास्थ्य, शिक्षा र सचेतनाका दृष्टिले सुगम जिल्लाका रूपमा चिनिने यस जिल्लामा अझै पनि किशोरी आमा बन्ने समस्या अन्त्य हुनसकेको छैन । विगत तीन आर्थिक वर्षको तुलना गर्दा २० वर्षमुनिका आमा बन्नेहरूको सङ्ख्या उस्तै छ ।

    जनस्वास्थ्य कार्यालय चितवनका अनुसार हरेक वर्ष स्वास्थ्य संस्थामा सुत्केरी गराउन आउनेमध्ये किशोरी आमा आठदेखि नौ प्रतिशतको बीचमा रहेको पाइएको छ । कार्यालयका सूचना अधिकारी इन्द्रमणि भण्डारीका अनुसार गत आवमा जिल्लाका विभिन्न अस्पतालमा शिशु जन्माएकामध्ये ९८५ किशोरी छन् । सो आवमा ११ हजार ८६८ जनाले अस्पतालमा प्रसूति सेवा लिएका थिए ।

    यस्तै आव २०८१\८२ मा अस्पतालमा आएका ११ हजार ८९ जनामध्ये ९५८ जना किशोरी आमा रहेका थिए । आव २०८०\८१ मा १३ हजार ५०३ जनाले विभिन्न अस्पतालमा प्रसूति सेवा लिएकामा एक हजार १८८ जना किशोरी आमा बनेका छन् । अझै पनि समाजमा बालविवाह कायम रहेकाले किशोरी आमा बन्ने क्रम नघटेको उहाँले जानकारी दिनुभयो । आफ्नो समाजको चलन छाड्न नसक्ने र कानुन कार्यान्वयनमा ल्याउन नसक्दा समस्या भएको उहाँले बताउनुभयो ।

    उहाँका अनुसार २० वर्षमुनि विवाह गर्न नपाउने कानुनी व्यवस्था छ । बीस वर्ष मुनिकालाई किशोरीका रूपमा लिने गरिएको छ । तर यसको प्रभाव ग्रामीण क्षेत्रमा पर्न नसक्दा किशोरी आमा बन्दै आएका छन् । सानो उमेरमा आमा बन्ने र घरमा नै सुत्केरी हुने चलन अझै नरोकिँदा चुनौती बढेको उहाँले बताउनुभयो ।

    उहाँका अनुसार गत आवमा किशोरी आमामध्ये ६३० जनाले दक्ष प्रसूतिकर्मीबाट शिशु जन्माएका थिए भने दक्ष स्वास्थ्यकर्मीबाट ३२७ जनाले शिशु जन्माएका थिए । यस्तै अन्य स्वास्थ्यकर्मीबाट १० र घरमा नै प्रसूति गराउनेको सङ्ख्या १८ रहेको कार्यालयको तथ्याङ्कले जनाएको छ । स्वास्थ्यका दृष्टिले यस उमेर समूहमा आमा बन्नु भनेको जोखिमपूर्ण रहेको उहाँले बताउनुभयो ।

    भरतपुर अस्पतालकी स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा सुजन भुसाल न्यौपाने कम उमेरमा आमा बन्नु स्वास्थ्यका लागि राम्रो नहुने बताउनुहुन्छ । शारीरिक बनावट पूर्ण रूपमा तयार भइनसक्ने जनाउँदै उहाँले यसबाट दीर्घकालीन स्वास्थ्यमा समस्या हुनसक्ने बताउनुभयो । कम उमेरमा शिशु जन्माउँदा प्रसूतिमा जटिलता र भविष्यमा गर्भधारणसम्बन्धी जटिलताहरूको जोखिम बढ्न सक्छ । बच्चाको कम तौल हुने, शारीरिक विकास कम हुने खतरा हुने उहाँको भनाइ छ । त्यसबाहेक, शिक्षा र सामाजिक अवसरहरू पनि प्रभावित हुन सक्छन् । रासस

    Post Views: 73
    प्रकाशित मिति: २०८३ भाद्र १७, बुधबार ०८:०६
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.