• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

रसुवा बाढीपछि सरकारले गरेका कामबारे प्रधानमन्त्रीको संसद्‌मा ब्रिफिङ

  •  नेपाल चौतारी
  • २०८३ भाद्र १७, बुधबार १४:०६ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सरकारले चालेका कदमहरूबारे प्रतिनिधि सभालाई विस्तृत जानकारी दिएका छन् । बुधबारको बैठकलाई सम्बोधन गर्दै उनले खोज, उद्धार, राहत र पुनर्स्थापनाका लागि सरकारले गरेका कामको फेहरिस्त प्रस्तुत गरे ।

    प्रधानमन्त्री शाहका अनुसार बाढी आएलगत्तै सरकार उच्च सतर्कता (अलर्ट) मा रहेको थियो । घटना लगत्तै प्रधानमन्त्रीकै अध्यक्षतामा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद् र मनसुन प्रतिकार्य कमान्ड पोस्टको बैठक बसेर उद्धार तथा राहतलाई प्राथमिकता दिने निर्णय भएको उनले जानकारी दिए ।

    सुरक्षालाई ध्यानमा राखेर पृथ्वी राजमार्गको गल्छी, नुवाकोट, रसुवाको स्याफ्रुबेसी र मुग्लिङ–नारायणगण सडकमा तत्काल यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरिएको र जोखिमयुक्त क्षेत्रमा आवतजावतमा रोक लगाइएको उनले बताए ।

    खोज तथा उद्धार कार्यलाई तीव्र बनाउन रसुवा र नुवाकोटमा नेपाली सेना तथा निजी क्षेत्रका हेलिकप्टरहरू परिचालन गरिएको जानकारी प्रधानमन्त्रीले दिए । प्रभावित जिल्लाका विपद् व्यवस्थापन कोषमा तत्कालका लागि बजेट समेत पठाइएको उनले बताए ।

    भदौ १० गते नै बसेको मन्त्रिपरिषद् बैठकले घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था सरकारी र नेपाली सेनाका अस्पतालहरूमा मिलाइएको, घर गुमाएकाहरूका लागि सुरक्षित बास र खाने व्यवस्था गृह मन्त्रालय र प्राधिकरणमार्फत भइरहेको, अवरुद्ध सडक, विद्युत्, खानेपानी र दूरसञ्चार सेवा यथाशीघ्र सुचारु गर्न सम्बन्धित मन्त्रालयहरूलाई निर्देशन दिइएको प्रधानमन्त्रीले जानकारी दिए ।

    मृतकका परिवारलाई कानुन बमोजिमको आर्थिक सहायता तत्काल उपलब्ध गराउने निर्णय भएको पनि उनको भनाइ थिए ।

    विपद् प्रभावित जिल्लाका स्थानीय तहहरूलाई तीन महिनाका लागि विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएको उनले बताए । भौतिक पूर्वाधार पुनर्निर्माणका लागि आवश्यक आर्थिक स्रोतको समन्वय गर्ने जिम्मेवारी अर्थमन्त्रीलाई दिइएको छ ।

    प्रधानमन्त्री शाहले प्रदेश र स्थानीय सरकारसँग निरन्तर संवाद भइरहेको उल्लेख गरे । ‘सुरुवातदेखि नै प्रदेश सरकार र स्थानीय जनप्रतिनिधिहरूसँग हाम्रो सम्पर्क थियो,’ उनले भने, ‘बागमती प्रदेशका मुख्यमन्त्रीसहितको टोलीसँग छलफल गरेर आ–आफ्नो जिम्मेवारी बाँडफाँड गरी काम भइरहेको छ ।

    उनले सरकारको सम्पूर्ण ध्यान प्रभावित नागरिकको जीवन रक्षा र पुनर्स्थापनामा केन्द्रित रहेको स्पष्ट पारे ।

    Post Views: 70
    प्रकाशित मिति: २०८३ भाद्र १७, बुधबार १४:०६
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.