• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

भोटेकोशी बाढी : ३४ देशका ५९० विदेशी नागरिक अझै बेपत्ता

  •  नेपाल चौतारी
  • २०८३ भाद्र १८, बिहीबार १६:०२ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ । परराष्ट्र मन्त्रालयले भोटेकोशी बाढीपछि ३४ देशका ५९० विदेशी नागरिक अझै बेपत्ता रहेको जनाएको छ ।

    बिहीबार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले हालसम्म ३०० भन्दा बढी विदेशी नागरिकको उद्धार गरिएको जानकारी दिए । उनका अनुसार ३४ देशका ५९० विदेशी नागरिक भने अझै बेपत्ता सूचीमा छन् ।

    रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन तथा नवलपरासीका पूर्व र पश्चिम क्षेत्रसम्म ९ हजार ३०० भन्दा बढी नेपाली सेना खोज तथा उद्धार कार्यमा परिचालित रहेको प्रवक्ता पौडेलले बताए ।

    उनका अनुसार भारतीय टनेल उद्धार टोली नेपाली सेनासँग समन्वय गरी आवश्यक उपकरणसहित खोज तथा उद्धारमा खटिएको छ । चिलिमेतर्फ थप एक्स्काभेटर पठाउने तयारी भइरहेको पनि उनले जानकारी दिए ।

    लाङटाङ क्षेत्रमा नेपाली सेना र प्राविधिक टोलीले मेसिनको प्रयोग गरी सुरुङको अपस्ट्रिम भागमा सानो प्वाल खोल्न सफल भएको मन्त्रालयले जनाएको छ । त्यस्तै, माथिल्लो त्रिशूली–३ ‘ए’ आयोजनामा चिनियाँ टनेल टोली र नेपाली सेनासहित ९३ सदस्यीय संयुक्त टोली थप जनशक्ति तथा उपकरणसहित परिचालन गरिएको छ ।

    बाढीमा ज्यान गुमाएकाहरूको पहिचानका लागि भारतबाट १९ सदस्यीय र चीनबाट पाँच सदस्यीय विशेष फोरेन्सिक टोली कार्यक्षेत्रमा खटिएको प्रवक्ता पौडेलले बताए ।

    विपद्पछि भारत, चीन, अमेरिका, बेलायत, जापान, दक्षिण कोरिया, अस्ट्रेलिया, युरोपेली युनियन, विश्व बैंक र एसियाली विकास बैंक (एडीबी) लगायतका मित्रराष्ट्र तथा दातृ निकायले ऐक्यबद्धता जनाउँदै सहयोग गरिरहेको मन्त्रालयले जनाएको छ ।

    प्रवक्ता पौडेलका अनुसार केरुङबाट १४० नेपाली तातोपानी नाका हुँदै नेपाल फर्कने क्रममा छन् । चिनियाँ सीमा क्षेत्रमा अझै करिब १०० नेपाली बेपत्ता रहेको पनि उनले जानकारी दिए ।

    Post Views: 70
    प्रकाशित मिति: २०८३ भाद्र १८, बिहीबार १६:०२
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.