• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

बाढीबाट नुवाकोटमा ५०० भैँसी, १५ हजार सुँगुर र डेढ लाख कुखुरा नष्ट’

  •  नेपाल चौतारी
  • २०८३ भाद्र १८, बिहीबार १८:४० प्रकाशित
    • अ-
    • अ
    • अ+

    बुटवल । भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीका कारण पशुपन्छी क्षेत्रमा ठूलो क्षति पुगेको नेपाल भेटेरिनरी एसोसिएसनले जनाएको छ ।

    एसोसिएसनका अनुसार प्रारम्भिक अध्ययनमा नुवाकोटमा मात्रै बाढीमा परेर १० देखि १५ हजार सुँगुर तथा बंगुर र करिब १ लाख ५० हजार व्यावसायिक कुखुरा नष्ट भएका छन् । यस्तै, करिब ५०० भैँसीसमेत बाढीमा बगेर वा डुबेर मरेका छन् ।

    बाढी आएको सातौँ दिन बुधबार (भदौ १७) एसोसिएसनको ६ सदस्यीय टोलीले नुवाकोटका बाढी प्रभावित क्षेत्रको स्थलगत अनुगमन गरेको थियो । अनुगमनका क्रममा पशुपन्छीमा भएको क्षतिको प्रारम्भिक विवरण संकलन गरिएको एसोसिएसनले जनाएको छ ।

    बाढीको बहाव अत्यन्त तीव्र रहेकाले घाइते अवस्थामा समेत पशुपन्छी जीवित भेटिने सम्भावना न्यून रहेको टोलीको निष्कर्ष छ । ठूलो संख्यामा पशुपन्छी मरेपछि मृत पशुपन्छीबाट संक्रमण तथा रोग फैलिन सक्ने जोखिमसमेत बढेको एसोसिएसनले जनाएको छ ।

    विशेषगरी व्यावसायिक रूपमा पालिएका कुखुरा तथा सुँगुरको ठूलो संख्यामा मृत्यु हुँदा किसानको लगानीमा ठूलो क्षति पुगेको र आगामी दिनमा पशुस्वास्थ्य तथा पुनर्स्थापनामा समेत चुनौती थपिएको एसोसिएसनका महासचिव डा. शंकर न्यौपानेले बताए ।

    अनुगमनका क्रममा बाढीका कारण घर क्षतिग्रस्त भएपछि अस्थायी शिविर तथा आफन्तको घरमा बसिरहेका एसोसिएसनका सदस्य डा. सुदीप कोइराला र उनको परिवारसँग टोलीले भेट गरेको थियो । एसोसिएसनले परिवारको पुनर्स्थापनामा सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।

    टोलीले पशु सेवा कार्यालय नुवाकोटका प्रमुख डा. निशान्त शर्मा गेलाललाई पशु औषधि तथा फिड सप्लिमेन्टसमेत हस्तान्तरण गरेको छ । विदुर नगरपालिकामार्फत बाढीपीडितका लागि खाद्यान्नलगायत मानवीय राहत सामग्रीसमेत उपलब्ध गराइएको एसोसिएसनले जनाएको छ ।

    एसोसिएसनले बाढीबाट मृत्यु भएका पशुपन्छीको तत्काल सुरक्षित व्यवस्थापन, रोग नियन्त्रण तथा पशु स्वास्थ्यसम्बन्धी कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिएको छ । साथै, पशुधन गुमाएका किसानलाई तत्काल राहतसँगै दीर्घकालीन पुनर्स्थापना र क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।

    अनुगमन टोलीमा एसोसिएसनका सचिव डा. विशाल पोखरेल, कोषाध्यक्ष डा. विकास श्रेष्ठ, कर्णाली प्रदेश अध्यक्ष एवं केन्द्रीय कमिटी सदस्य डा. उमेश गिरी, केन्द्रीय कमिटी सदस्य डा. सुशीलकुमार राय, पूर्व अध्यक्ष डा. शीतलकाजी श्रेष्ठ र पूर्व केन्द्रीय सदस्य डा. राकेश चन्द सहभागी थिए ।

    Post Views: 80
    प्रकाशित मिति: २०८३ भाद्र १८, बिहीबार १८:४०
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.