• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै

  •  नेपाल चौतारी
  • २०८३ भाद्र १९, शुक्रबार ०७:१६ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ । वैदिक सनातन धर्मावलम्बीहरूले भगवान् श्रीकृष्णको जन्मदिनका रूपमा मनाउने श्रीकृष्णजन्माष्टमी पर्व आज देशभर विभिन्न धार्मिक कार्यक्रमसहित मनाउँदैछन् । भक्तजनहरूले कृष्णमन्दिरमा पूजाआराधना, भजनकीर्तन तथा प्रवचन गर्दै श्रद्धा–भक्तिपूर्वक पर्व मनाइरहेका छन् ।

    पौराणिक मान्यताअनुसार द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भगवान् श्रीकृष्णको जन्म भएको थियो । यही कारण यस दिनलाई श्रीकृष्णजन्माष्टमी र रातलाई ‘मोहरात्रि’ भनिन्छ । पर्वका अवसरमा महिला तथा पुरुष भक्तजनहरू व्रत बसेर रातभर जाग्राम बस्ने परम्परा छ ।

    अन्याय, अत्याचार र अधर्मको अन्त्य गर्दै मानव समुदायलाई सत्य तथा सत्कर्मको बाटोमा अघि बढ्न प्रेरणा दिएका श्रीकृष्णलाई भगवान् विष्णुको आठौँ अवतारका रूपमा हिन्दु धर्मावलम्बीहरूले पूजा गर्ने गर्छन् ।

    कुरुक्षेत्रको युद्धमा अर्जुनलाई श्रीकृष्णले दिएको उपदेशलाई समेटिएको श्रीमद्भागवतगीता हिन्दु धर्मको महत्वपूर्ण धार्मिक ग्रन्थका रूपमा मानिन्छ । छोटकरीमा ‘गीता’ भनेर चिनिने यो ग्रन्थ विश्वका विभिन्न भाषामा अनुवाद भएको छ ।

    पौराणिक कथाअनुसार बाल्यकालदेखि नै विभिन्न लीला देखाएका श्रीकृष्णले पुतना, कंश, जरासन्ध र शिशुपालजस्ता दानवी प्रवृत्तिको अन्त्य गरेका थिए ।

    श्रीकृष्णजन्माष्टमीका अवसरमा आज ललितपुरको मङ्गलबजारस्थित प्रसिद्ध कृष्णमन्दिरमा विशेष मेला लाग्दैछ । यस्तै, काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिकास्थित नवतनधामलगायत राजधानीका विभिन्न कृष्णमन्दिरमा पनि भक्तजनको उल्लेख्य भीड लाग्ने गर्दछ ।

    पर्वका अवसरमा विभिन्न धार्मिक सङ्घसंस्थाले श्रीकृष्णको झाँकीसहित शोभायात्रा तथा रथयात्रासमेत निकाल्ने गरेका छन् । सरकारले श्रीकृष्णजन्माष्टमीका अवसरमा आज सार्वजनिक बिदा दिएको छ ।

    Post Views: 50
    प्रकाशित मिति: २०८३ भाद्र १९, शुक्रबार ०७:१६
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.