• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने

  •  नेपाल चौतारी
  • २०८३ भाद्र १९, शुक्रबार २१:३७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ । संयुक्त राष्ट्रसङ्घले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि ४ करोड ९६ लाख अमेरिकी डलर सहयोग जुटाउन अपिल गरेको छ ।

    भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढी र पहिरोबाट प्रभावित ८४ हजारभन्दा बढी नागरिकसम्म जीवनरक्षक मानवीय सहायता पुर्‍याउन राष्ट्रसङ्घले शुक्रबार अन्तर्राष्ट्रिय समुदायसँग सहयोगको अपिल गरेको हो ।

    राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको नेतृत्वमा सरकारले तयार पारेको चारमहिने योजनालाई प्राथमिकतामा राखेर उक्त रकम परिचालन गरिने नेपालस्थित राष्ट्रसङ्घीय कार्यालयले जनाएको छ । उच्च हिमाली क्षेत्रमा हिउँद सुरु हुनुअघि विस्थापित नागरिकले भोग्न सक्ने चिसो तथा सरुवा रोगको जोखिम न्यूनीकरण गर्नु योजनाको मुख्य उद्देश्य रहेको छ ।

    राष्ट्रसङ्घ तथा मानवीय सहायता साझेदार निकायहरूले नेपाल सरकारले सञ्चालन गरिरहेको उद्धार तथा राहत अभियानसँग समन्वय गरेर काम गरिरहेका छन् । भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीबाट रसुवा, नुवाकोट र धादिङका धेरै बस्ती प्रभावित तथा विस्थापित भएका छन् ।

    बाढी र पहिरोका कारण सडक तथा यातायात पूर्वाधारमा ठूलो क्षति पुगेको छ भने विद्युत्, खानेपानी र सरसफाइका संरचनासमेत प्रभावित भएका छन् । यसले दुर्गम क्षेत्रका नागरिकलाई आधारभूत सेवाबाट समेत वञ्चित बनाएको राष्ट्रसङ्घले जनाएको छ ।

    योजनाअन्तर्गत स्थानीय बजार सञ्चालनमा रहेका क्षेत्रमा प्रभावित परिवारलाई प्रत्यक्ष नगद सहायता, हिउँदअघि विस्थापित परिवारलाई अस्थायी आवास तथा न्यानो सामग्री, र विद्युत् सेवा नपुगेका क्षेत्रमा सौर्य उपकरण उपलब्ध गराउने तयारी छ ।

    त्यस्तै, क्षतिग्रस्त खानेपानी प्रणाली मर्मत, पानी शुद्धीकरण प्रणाली जडान तथा सरसफाइ सामग्री वितरणमार्फत पानीजन्य रोग नियन्त्रण गर्ने लक्ष्य राखिएको छ । घुम्ती स्वास्थ्य शिविरमार्फत उपचार तथा पोषण सेवा, परिवारबाट छुट्टिएका बालबालिकाको पुनर्मिलन, आकस्मिक खाद्य सहायता र बाँचेका पशुधनको व्यवस्थापनमा समेत सहयोग गरिनेछ ।

    नेपालका लागि संयुक्त राष्ट्रसङ्घीय आवासीय संयोजक लिला पिटर्स याहियाले बाढी र पहिरोले केही क्षणमै परिवारजन, घर तथा जीविकोपार्जनका आधार गुमाएको उल्लेख गर्दै सरकारको नेतृत्वमा सबैभन्दा दुर्गम बस्तीसम्म हिउँदअघि नै आवास, उपचार, स्वच्छ पानी र नगद सहायता पुर्‍याउनु अपिलको मुख्य प्राथमिकता रहेको बताइन् ।

    Post Views: 75
    प्रकाशित मिति: २०८३ भाद्र १९, शुक्रबार २१:३७
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.