• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

बाढी–पहिरोका कारण देशभरका प्रमुख राजमार्ग अवरुद्ध (सूचीसहित)

  •  नेपाल चौतारी
  • २०८३ भाद्र २०, शनिबार ०९:११ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ । बाढी र पहिरोका कारण देशभरका विभिन्न प्रमुख राजमार्ग तथा सडकखण्डमा यातायात प्रभावित भएको छ। नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार रसुवाका सबै मुख्य राजमार्गसहित त्रिशूली–स्याफ्रुबेंसी सडकखण्ड बाढीका कारण पूर्ण रूपमा अवरुद्ध भएका छन्।

    पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा ठूलो पहिरो खसेपछि यातायात पूर्ण रूपमा बन्द भएको छ। सोही राजमार्गको परेवाभीर क्षेत्रमा भने साना सवारीसाधन एक लेनबाट सञ्चालन भइरहेका छन्।

    त्यस्तै, म्याग्दीको बेनी–जोमसोम सडकखण्ड, मुगुको मुगु–गमगढी सडक, बझाङको जयपृथ्वी राजमार्ग र अर्घाखाँचीको सालझण्डी–ढोरपाटन सडकखण्ड पनि पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएका छन्।

    रोल्पाको शहीद मार्गअन्तर्गत दुईखोली र भालखोर क्षेत्रमा पहिरो गएपछि यातायात सञ्चालन हुन सकेको छैन। काठमाडौँ–धादिङ जोड्ने चन्द्रागिरि–चिसापानी क्षेत्रमा सडक एकतर्फी रूपमा सञ्चालनमा छ।

    यसैगरी, बीपी राजमार्गको खुर्कोट–नेपालथोक खण्डमा १० टनसम्मका सवारीसाधनलाई निश्चित समय तोकेर मात्र आवागमनको अनुमति दिइएको प्रहरीले जनाएको छ।

    नुवाकोटको टोखा–छहरे सडकखण्डमा रातिको समयमा यात्रा गर्न रोक लगाइएको छ। बाढीका कारण बेत्रावतीस्थित पासाङ ल्हामु सडकखण्ड पनि पूर्ण रूपमा बन्द रहेको प्रहरीले जनाएको छ।

    सडकको अवस्था र प्रतिकूल मौसमलाई मध्यनजर गर्दै नेपाल प्रहरीले अत्यावश्यक अवस्थामा बाहेक यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

    Post Views: 82
    प्रकाशित मिति: २०८३ भाद्र २०, शनिबार ०९:११
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.