• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

आज पाल्पामा ऐतिहासिक भगवती जात्रा निकालिँदै

  •  नेपाल चौतारी
  • २०८३ भाद्र २०, शनिबार ०९:३९ प्रकाशित
    • अ-
    • अ
    • अ+

    पाल्पा । नेपालले अङ्ग्रेजमाथि विजय हासिल गरेको स्मरणमा पाल्पाको तानसेनमा आज ऐतिहासिक भगवती जात्रा अर्थात् रथयात्रा निकालिँदै छ। कृष्ण जन्माष्टमीको भोलिपल्ट भगवतीको रथयात्रा निकाल्ने परम्पराअनुसार यस वर्ष २०७औँ भगवती जात्रा आयोजना गर्न लागिएको रणउजिरेश्वरी भगवती गुठी सञ्चालक समितिका अध्यक्ष अशोक महर्जनले जानकारी दिए।

    उनका अनुसार आज अपराह्न १२ः३० बजे शुभसाइतमा ब्राह्मणबाट स्वस्ती वाचन गरिएपछि तानसेन नगरपालिका–३ स्थित भगवती टोलको भगवती मन्दिरबाट रथयात्रा सुरु हुनेछ। नेपाली सेनाले सलामी दिएपछि रथलाई तीन पटक मन्दिर परिक्रमा गराएर यात्रा अगाडि बढाइनेछ।

    यद्यपि, यस वर्ष विगतमा जस्तो बाजागाजा, भीडभाड र तामझाम भने नहुने अध्यक्ष महर्जनले बताए। भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट ठूलो मानवीय तथा भौतिक क्षति भएकाले देश शोकमा रहेका बेला जात्रालाई औपचारिक र संयमित रूपमा मनाउने निर्णय गरिएको उनले जानकारी दिए।

    “भोटेकोशीमा आएको विनाशकारी बाढीले ठूलो क्षति पुर्‍याएपछि देश शोकमा छ। यही अवस्थालाई ध्यानमा राख्दै विजयोत्सवलाई औपचारिकतामा मात्र सीमित गर्ने निर्णय गरेका हौँ,” महर्जनले भने। उनका अनुसार यस वर्ष पञ्चेबाजा र ढिमे बाजा प्रयोग गरिने छैन भने नेपाली सेनाको बाजा भने बजाइनेछ।

    लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यसहित उच्च पदस्थ व्यक्तिहरूको उपस्थितिमा रथयात्रा निकालिनेछ। भगवती मन्दिरबाट निकालिएको रथ शीतलपाटीको मूलढोकाबाहिर पुगेपछि सरकारका तर्फबाट प्रमुख जिल्ला अधिकारीले पूजा गरी बलि दिने परम्परा छ। भगवती जात्रालाई रथयात्रा तथा सिन्दूर जात्राका रूपमा समेत चिनिन्छ।

    स्थानीयवासी राजेन्द्रगोपाल सिंहका अनुसार नेपाल–अङ्ग्रेज युद्धमा नेपाली पक्षले हासिल गरेको विजयको सम्झनामा विसं १८७७ देखि तानसेनमा भगवती जात्रा निरन्तर सञ्चालन हुँदै आएको हो। तत्कालीन पाल्पाली प्रशासक तथा नेपाली सेनाका कमाण्डर कर्णेल उजिरसिंह थापाको नेतृत्वमा विसं १८७१ पुसदेखि १८७२ जेठसम्म अङ्ग्रेजसँग युद्ध भएको थियो। त्यस क्रममा बुटवलको जितगढीलगायत क्षेत्रमा नेपाली पक्षले विजय हासिल गरेको थियो।

    युद्धमा जानुअघि कर्णेल थापाले तानसेनको मध्यभागमा रहेको भगवती देवीको पाउ छोएर युद्धमा विजय प्राप्त भए मन्दिर निर्माण गरी सिन्दूर जात्रा सञ्चालन गर्ने भाकल गरेको स्थानीय ज्येष्ठ नागरिकहरू बताउँछन्। युद्धमा दुईपटक जितगढी क्षेत्रमा विजय हासिल गरेपछि उनले गजुरसहितको तीनतले मन्दिर निर्माण गरी भगवतीको विजयोत्सव मनाउने परम्परा सुरु गरेको बताइन्छ।

    सोही ऐतिहासिक विजयको सम्झनामा हरेक वर्ष भाद्र कृष्ण पक्षको नवमी अर्थात् कृष्ण जन्माष्टमीको भोलिपल्ट भगवती जात्रा निकालिँदै आएको छ। अङ्ग्रेजमाथिको विजयसँग जोडिएको भएकाले भगवती मन्दिरलाई ‘रणउजिरेश्वरी’ नामले समेत चिनिँदै आएको स्थानीय सिंहले बताए।

    Post Views: 83
    प्रकाशित मिति: २०८३ भाद्र २०, शनिबार ०९:३९
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.