• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

११ दिनपछि जीवितै उद्धार भइन् चन्डिका

  •  नेपाल चौतारी
  • २०८३ भाद्र २०, शनिबार १४:०७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    नुवाकोट । जीवन र मृत्युको दोसाँधमा बितेका ११ दिन। न खानेकुराको टुङ्गो, न एक घुट्को पानीको सहारा। चारैतिर त्रास, अँध्यारो र मृत्युको भयबीच पनि बाँच्ने आशा भने मरेको थिएन।

    भोटेकोशी बाढीपछि त्रिशूली नदीमा आएको भीषण बाढीले नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावतीस्थित स्थानीय आनन्द श्रेष्ठको घरसमेत प्रभावित बनायो। त्यसै घरको चौथो तलामा उनकी धर्मपत्नी चन्डिका श्रेष्ठ ११ दिनदेखि जीवन र मृत्युबीच संघर्ष गरिरहेकी थिइन्।

    आशा लगभग समाप्त भइसकेको अवस्थामा शुक्रबार उद्धारकर्ताको आवाज सुनियो। भग्नावशेषबीच आएको त्यो आवाज चन्डिकाका लागि नयाँ जीवनको संकेत बन्यो।

    सशस्त्र प्रहरी बलका इन्स्पेक्टर सुमन विकको कमाण्डमा खटिएको उद्धार टोलीले कठिन परिस्थितिबीच चौथो तलासम्म पुगेर चन्डिकालाई जीवितै उद्धार गरेको हो। उनलाई बाहिर निकाल्ने क्रममा उद्धारस्थलमा उपस्थित धेरैका आँखा रसाएका थिए।

    ११ दिनसम्मको भोक, प्यास र पीडाले शरीर शिथिल भए पनि उद्धारपछि चन्डिकाको अनुहारमा जीवन जोगिएको राहत प्रस्ट देखिन्थ्यो।

    सशस्त्र प्रहरी बलका सह–प्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार जीवितै उद्धार गरिएकी चन्डिकालाई थप उपचार तथा आपत्कालीन उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं लैजाने तयारी भइरहेको छ।

    भोटेकोशी बाढीपछि त्रिशूली नदीमा आएको विनाशले बस्ती र संरचनामा ठूलो क्षति पुर्‍याएको अवस्थामा ११ दिनपछि भग्नावशेषबाट चन्डिकाको जीवित उद्धारलाई आश्चर्यजनक घटनाका रूपमा हेरिएको छ।

    उनको उद्धारले विपत्तिमा फसेकाहरूका लागि एउटा सन्देश पनि दिएको छ—आशा बाँकी रहेसम्म उद्धारको सम्भावना पनि बाँकी रहन्छ।

    Post Views: 92
    प्रकाशित मिति: २०८३ भाद्र २०, शनिबार १४:०७
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.