• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

चन्द्रिका श्रेष्ठको उद्धारले देशलाई आशा दिएको छ, खोज तथा उद्धारमा अझै डटेर लागिरहेका छौँ : प्रधानमन्त्री बालेन

  •  नेपाल चौतारी
  • २०८३ भाद्र २०, शनिबार २०:३२ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं । प्रधानमन्त्रीले बाढी तथा पहिरो प्रभावित ज्येष्ठ नागरिकलाई सरकारले सुरक्षित बसोबासको व्यवस्था मिलाउने प्रतिबद्धता व्यक्त गरेका छन्। जीवनको कठिन अवस्थामा ज्येष्ठ नागरिकलाई राज्यले कहिल्यै अलपत्र नछाड्ने उनको भनाइ छ।

    नुवाकोटको विदुर–१०, बेत्रावतीमा सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त उद्धार टोलीले ६४ वर्षीया चन्द्रिका श्रेष्ठलाई जीवितै उद्धार गरेको घटनाले राज्य खोज तथा उद्धारमा निरन्तर सक्रिय रहेको सन्देश दिएको प्रधानमन्त्रीले बताएका छन्।

    उनका अनुसार बाढी प्रभावित क्षेत्रबाट चन्द्रिका श्रेष्ठको उमेर समूह तथा त्यसभन्दा माथिका धेरै ज्येष्ठ नागरिकको उद्धार गरिएको छ। बाढीका बेला कतिपय वृद्धवृद्धाले काँपिरहेका हातले नातिनातिना च्यापेर सुरक्षित स्थानतर्फ भाग्नुपरेको तथा वृद्धाश्रममा रहेका ज्येष्ठ नागरिकसमेत विस्थापित हुनुपरेको उनले उल्लेख गरेका छन्।

    भोटेकोशीमा आएको विनाशकारी बाढीले ज्येष्ठ नागरिकका घर, खेतबारी, पशुचौपाया तथा जीवनभरको सम्पत्ति क्षणभरमै बगाएको भन्दै प्रधानमन्त्रीले उनीहरूले भोगेको पीडा र मानसिक आघातप्रति सरकार गम्भीर रहेको बताएका छन्।

    बाढीका कारण नुवाकोटको देवीघाट ज्येष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठान, विदुर भवनमा क्षति पुगेपछि त्यहाँ रहेका सात जना ज्येष्ठ नागरिकलाई काठमाडौंको म्हैपीस्थित नेपाल सिनियर केयरमा र १७ जनालाई नुवाकोटको इनारपाटीस्थित कृष्णप्रणामी मन्दिरमा अल्पकालीन आश्रय दिइएको उनले जानकारी दिएका छन्।

    उनीहरूलाई ह्वीलचियर तथा वाकर उपलब्ध गराउनुका साथै स्वास्थ्य परीक्षण र मनोसामाजिक परामर्शसमेत प्रदान भइरहेको प्रधानमन्त्रीले बताएका छन्।

    अस्थायी बसाइलाई सकेसम्म छोटो पार्दै ज्येष्ठ नागरिकका लागि सुरक्षित स्थायी बसोबासको व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गर्दै प्रधानमन्त्रीले भनेका छन्, “हजुरहरूले आफूलाई एक्लो नठान्नु होला। जीवनको यो कठिन मोडमा हजुरहरूलाई कहिल्यै अलपत्र छोड्दैनौं। हजुरहरूसँग यो राज्य छ, यो सरकार छ।”

    बाढीले ज्येष्ठ नागरिकको भौतिक सम्पत्ति खोसे पनि उनीहरूको स्वाभिमान, अनुभव र मार्गदर्शनको महत्व समाप्त गर्न नसक्ने प्रधानमन्त्रीको भनाइ छ। उनले ज्येष्ठ नागरिकलाई देशको जग र मार्गदर्शकका रूपमा सम्मान गर्दै संकटका बेला सरकारलाई परिवारकै सदस्य ठानेर सल्लाह तथा मार्गनिर्देशन दिन आग्रह गरेका छन्।

    बाढीमा परी ज्यान गुमाएका ज्येष्ठ नागरिकप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्रीले मृतकप्रति सामूहिक श्रद्धाञ्जली अर्पण गरेका छन्। आफन्त गुमाएका नागरिकको आक्रोश स्वाभाविक भएको भन्दै उनले पीडितका भावना संयमतापूर्वक सुन्नुपर्ने बताएका छन्।

    पीडित नागरिकमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने वा थप पीडा दिने गतिविधि स्वीकार्य नहुने चेतावनी दिँदै प्रधानमन्त्रीले त्यस्ता गतिविधिमा संलग्न हुनेप्रति सरकार निर्मम रूपमा प्रस्तुत हुने बताएका छन्।

    खोज तथा उद्धारमा सुरक्षाकर्मी निरन्तर खटिरहेको उल्लेख गर्दै प्रधानमन्त्रीले जोखिमपूर्ण अवस्थामा आफ्नो ज्यानको समेत परवाह नगरी उद्धार तथा खोजीमा सक्रिय सुरक्षाकर्मीप्रति कृतज्ञता व्यक्त गरेका छन्। उनीहरूको आत्मबल बढाउनु राज्य र नागरिक दुवैको कर्तव्य भएको उनको भनाइ छ।

    प्रधानमन्त्रीले बाढी प्रभावित ज्येष्ठ नागरिकसहित सम्पूर्ण पीडित नागरिकलाई सरकारप्रति भरोसा राख्न आग्रह गर्दै संकटको यस घडीमा राज्य उनीहरूको साथमा रहेको बताएका छन्।

    Post Views: 86
    प्रकाशित मिति: २०८३ भाद्र २०, शनिबार २०:३२
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.