• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

एसिसी प्रिमियर कप : आज साउदीसँग भिड्दै नेपाल

  •  नेपाल चौतारी
  • २०८३ भाद्र २१, आईतवार ०६:५५ प्रकाशित
    BANGI, MALAYSIA - AUG 31: Pictures from the match between Bahrain and Nepal held at the YSD UKM Oval on August 31, 2026 in Bangi, Selangor, Malaysia. (Photo by Peter Lim/PhotoDesk.com.my) for Asian Cricket Council
    • अ-
    • अ
    • अ+

    काठमाडौँ । एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो संस्करणअन्तर्गत नेपालले आज साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दैछ। मलेसियामा जारी प्रतियोगिताको समूह ‘ए’ अन्तर्गतको खेल बिहान ७ः१५ बजे सुरु हुनेछ।

    नेपालले प्रतियोगिताका सुरुआती दुई खेलमा उत्कृष्ट प्रदर्शन गरेको छ। पहिलो खेलमा बहराइनलाई सात विकेटले तथा दोस्रो खेलमा आयोजक मलेसियालाई छ विकेटले पराजित गर्दै नेपालले लगातार दुई जित निकालेको हो। चार अंक जोडेको नेपाल समूह ‘ए’को दोस्रो स्थानमा छ।

    यता साउदी अरेबियाले तीन खेलमा एक जित र दुई हार बेहोरेको छ। दुई अंकसहित ऊ समूहको पुछारमा रहेको छ। त्यसैले नेपाल आजको खेलमा जित निकाल्दै सेमिफाइनलको सम्भावना बलियो बनाउने योजनामा हुनेछ।

    सन् २०२७ मा आयोजना हुने एसिया कपमा स्थान बनाउने लक्ष्यसहित नेपाली टोली प्रिमियर कपमा सहभागी भएको हो। प्रतियोगितामा १० टोली सहभागी छन्, जसलाई दुई समूहमा विभाजन गरिएको छ।

    समूह ‘ए’मा नेपालसँगै बहराइन, हङकङ, मलेसिया र साउदी अरेबिया छन्। समूह ‘बी’मा संयुक्त अरब इमिरेट्स (युएई), कुवेत, ओमान, कतार र सिङ्गापुर रहेका छन्।

    नेपालले समूह चरणको अन्तिम खेल भदौ २३ गते हङकङसँग खेल्नेछ। साउदी अरेबियासँग यसअघि भएका दुई खेलमध्ये नेपालले एकमा जित हासिल गरेको छ भने अर्को खेल रद्द भएको थियो।

    ५० ओभरको क्रिकेटमा हङकङविरुद्ध भने नेपालले चार खेल खेल्दा एक जित, दुई हार र एक खेलको अन्य नतिजा बेहोरेको छ।

    दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन्। प्रतियोगिताको उपाधि जित्ने टोलीले सन् २०२७ को एसिया कपमा सिधै स्थान बनाउनेछ। त्यसैले आज साउदीविरुद्धको खेल नेपालका लागि महत्वपूर्ण मानिएको छ।

    नेपाल आज पराजित भएमा सेमिफाइनल प्रवेशका लागि अन्तिम खेलको नतिजा र रनरेटमा निर्भर हुनुपर्ने अवस्था आउन सक्छ। त्यसैले सहज रूपमा अन्तिम चारमा पुग्न नेपाललाई आजको खेलमा जित आवश्यक छ।

    Post Views: 83
    प्रकाशित मिति: २०८३ भाद्र २१, आईतवार ०६:५५
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.