• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

बाढीले चुमनुब्रीमा दुई पुल र दुई जलविद्युत् आयोजना बगायो

  •  नेपाल चौतारी
  • २०८३ भाद्र २१, आईतवार १२:५८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    गोरखा । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–४ नाम्रुङमा बूढीगण्डकी र थेराङ खोलामा आएको बाढीले दुई पुल र दुई जलविद्युत् आयोजना बगाएको छ । बाढीका कारण चुमनुब्रीवासीको आवतजावत तथा विद्युत् सेवा प्रभावित भएको छ ।

    स्थानीय लाक्पा डुण्डुप लामाका अनुसार पहिरोसहित आएको बाढीले मनास्लु पदमार्गका दुईवटा पुल बगाएको हो । थेराङ खोलामा आएको बाढीले नाम्रुङबाट मनास्लु क्षेत्रतर्फ जाने पुल बगाएको छ भने त्यसपछि बूढीगण्डकीको बहाव बढ्दा नाम्रुङभन्दा तल जङ्गलस्थित पुलसमेत बगेको उनले बताए ।

    “बाढी र पहिरोले गाउँवासीलाई जोखिममा पार्‍यो । गाउँबाट तल जाने पुल र माथि जाने पुल दुवै बगाएपछि कतै जान सक्ने अवस्था छैन,” लामाले भने ।

    बाढीले स्थानीयले प्रयोग गर्दै आएका दुई लघुजलविद्युत् आयोजनामा समेत क्षति पुर्‍याएको छ । हालै करिब रु सात करोड खर्चमा निर्माण सम्पन्न भई परीक्षण प्रसारणमा रहेको १०० किलोवाट क्षमताको आयोजना तथा लामो समयदेखि सञ्चालनमा रहेको २२ किलोवाट क्षमताको अर्को आयोजना बाढीले बगाएको स्थानीयले बताएका छन् ।

    विद्युत् सेवा अवरुद्ध भएपछि बत्ती, सञ्चारलगायत विद्युत्मा निर्भर सेवा प्रभावित भएका छन् । पुल बगेपछि मनास्लु क्षेत्रमा सुरु हुन लागेको पर्यटक आवागमनसमेत प्रभावित भएको छ । लार्केपासका लागि पुगेका सयौँ पर्यटक बूढीगण्डकीको पुल नहुँदा समस्यामा परेको बताइएको छ ।

    यसैबीच, पहिरोसहित आएको बाढीले राति स्थानीय चारवटा घर बगाएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । प्रहरीका अनुसार नुर्वु ओङ्ग्याल, ओर्गेन छयोदेन, लाक्पा भुटी र मिङ्मार लामाको घर बाढीले पूर्णरूपमा बगाएको हो ।

    वडाध्यक्ष पेमाग्याल्बो लामाका अनुसार बाढी आउँदा गाउँ नै भूकम्प आएजस्तो गरी थर्किएको थियो । आवाज सुनेपछि स्थानीय बासिन्दा घरबाट बाहिर निस्केर भागेका कारण मानवीय क्षति हुनबाट जोगिएको उनले बताए ।

    बाढीबाट घरबारविहीन भएका चार परिवारलाई तत्काल राहत उपलब्ध गराइने वडाध्यक्ष लामाले जानकारी दिए । उनका अनुसार तत्काल खाद्यान्न तथा लत्ताकपडाका लागि प्रतिपरिवार रु २० हजारका दरले राहत दिइनेछ भने केही दिनभित्र गाउँपालिकाको तर्फबाट प्रतिपरिवार रु एक लाख बराबरको राहत उपलब्ध गराउने तयारी छ । अन्य निकायबाट राहत जुटाउनसमेत पहल गरिने उनले बताए।

    Post Views: 86
    प्रकाशित मिति: २०८३ भाद्र २१, आईतवार १२:५८
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.