• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह

  •  नेपाल चौतारी
  • २०८३ भाद्र २१, आईतवार २०:२० प्रकाशित
    • अ-
    • अ
    • अ+

    कञ्चनपुर । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले कञ्चनपुरका दोधारा चाँदनी, भीमदत्त र बेदकोट नगरपालिकामा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।

    महाशाखाले मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै ती तीन पालिकामा भारी वर्षा हुनसक्ने भएकाले स्थानीय तह तथा सरोकारवाला निकायलाई तयारी अवस्थामा रहन आग्रह गरेको हो । भारी वर्षाका कारण स–साना नदी तथा खोलामा पानीको बहाव उल्लेख्य बढ्न सक्ने जोखिम रहेको महाशाखाले जनाएको छ ।

    बेदकोट नगरपालिकाका विपद् सम्पर्क व्यक्ति सुनिल चन्दले नगरपालिका पूर्वतयारी अवस्थामा रहेको जानकारी दिए । उनका अनुसार नगर प्रहरी तथा वडाध्यक्षलाई तयारी अवस्थामा रहन निर्देशन दिइएको छ भने आवश्यक सामग्रीसमेत तयारी अवस्थामा राखिएको छ ।

    त्यस्तै, दोधारा चाँदनी नगरपालिकाका विपद् सम्पर्क व्यक्ति अमृत विकले पनि नगरपालिका पूर्वतयारी अवस्थामा रहेको बताए । महाशाखाले सरोकारवाला निकायलाई नदी तथा खोलाको निगरानी बढाउन, स्थानीय तह र समुदायलाई सम्भावित जोखिमबारे जानकारी गराउन तथा आवश्यक तयारी थाल्न आग्रह गरेको छ ।

    कञ्चनपुरमा आज बिहानैदेखि अविरल वर्षा भइरहेको छ । महाकाली नदीको जलसतह सतर्कता तह पार गरेपछि भारतीय पक्षले नेपाल–भारत जोड्ने वनवासास्थित शारदा ब्यारेजमा आवागमनमा रोक लगाएको छ ।

    इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रमुख जीवन गुरुङका अनुसार साँझ ५ बजेको मापनमा महाकाली नदीमा पानीको बहाव प्रतिसेकेन्ड १ लाख ३३ हजार ८८८ क्युसेक पुगेको छ ।

    महाकाली नदीमा पानीको बहाव १ लाख क्युसेक नाघेपछि सुरक्षाका कारण शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारीसाधन सञ्चालनमा रोक लगाउने गरिएको छ ।

    Post Views: 101
    प्रकाशित मिति: २०८३ भाद्र २१, आईतवार २०:२०
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.