• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

नागरिकको सुरक्षामा आँसु लुकाएर खटिने सुरक्षाकर्मीप्रति कृतज्ञ छौँ’ : प्रधानमन्त्री बालेन

  •  नेपाल चौतारी
  • २०८३ भाद्र २१, आईतवार २०:४१ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं । प्रधानमन्त्री बालेनले बाढीपहिरो तथा अन्य विपद्का बेला ज्यानको जोखिम मोलेर नागरिकको उद्धारमा खटिएका नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीको उच्च प्रशंसा गरेका छन्।

    राष्ट्रसेवक सुरक्षाकर्मीलाई सम्बोधन गर्दै प्रधानमन्त्री बालेनले नुवाकोटको विदुर–६, खम्पा क्याम्पस्थित केन्द्रीय कारागारमा बाढी पस्दा ५२ जना सुरक्षाकर्मीले देखाएको साहस, धैर्य र कर्तव्यनिष्ठाको विशेष प्रशंसा गरे।

    उनका अनुसार कारागारमा रहेका ९२३ कैदीबन्दीलाई दुई भवनबाट सुरक्षित रूपमा माथिल्लो भवनमा सारिएको थियो। बाढीका कारण प्रशासनिक भवन, सुरक्षा हाइपोस्ट र पर्खालमा क्षति पुगेको तथा कारागार परिसरमा लेदो पसेको अवस्थामा समेत सुरक्षाकर्मीले कैदीबन्दीको उद्धार गरेका थिए।

    बाढीको मौका छोपेर पर्खाल र गेट तोडी करिब १०० मिटर टाढासम्म भागेका ५० कैदीबन्दीलाई समेत सुरक्षाकर्मीले पुनः नियन्त्रणमा लिएको प्रधानमन्त्रीले बताए। कैदीबन्दीबाट भएको आक्रमणमा केही सुरक्षाकर्मी घाइते भए पनि उनीहरूले स्थानीय बासिन्दासहित अन्य नागरिकको ज्यान जोगाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको उनले उल्लेख गरे।

    प्रधानमन्त्रीले विपद्का कारण सुरक्षाकर्मी स्वयं कठिन परिस्थितिमा रहे पनि उच्च मनोबलका साथ उद्धार तथा राहतमा निरन्तर खटिएको बताए। ब्यारेक तथा कार्यालय लेदोमा पुरिएको, पहुँचमार्ग अवरुद्ध भएको र खानेपानीको समस्या रहेको अवस्थामा समेत सुरक्षाकर्मीले टाढाबाट पानी बोकेर कैदीबन्दीलाई खुवाउनेदेखि अवरुद्ध बाटो खुलाउनेसम्मका काम गरिरहेको उनले जानकारी दिए।

    नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त प्रयासमा प्रभावित क्षेत्रबाट हालसम्म १३ हजार ३ सय ९१ जनाको उद्धार गरिएको प्रधानमन्त्रीले बताए। स्थलमार्ग र हेलिकप्टरमार्फत उद्धार गर्नुका साथै आवश्यकताअनुसार घाइतेलाई सुरक्षाकर्मीले काँधमा बोकेर अस्पतालसम्म पुर्‍याएको उनले उल्लेख गरे।

    त्यस्तै, शव व्यवस्थापन, संक्रामक रोग फैलिन नदिन आवश्यक सावधानी अपनाउने, प्रभावित नागरिकको मनोबल बढाउने तथा जोखिमपूर्ण क्षेत्रमा नागरिकलाई निरन्तर सचेत गराउने कार्यमा समेत सुरक्षाकर्मी अहोरात्र खटिरहेको प्रधानमन्त्रीको भनाइ छ।

    बाढीका कारण ४५ नेपाली सेना, २५ नेपाल प्रहरी र १२ सशस्त्र प्रहरी अझै सम्पर्कविहीन रहेको जानकारी दिँदै प्रधानमन्त्रीले सहकर्मी गुमाएको पीडाका बाबजुद सुरक्षाकर्मी खोज तथा उद्धार कार्यमा निरन्तर जुटिरहेको बताए।

    प्रधानमन्त्रीका अनुसार बाढी प्रभावित क्षेत्रमा हाल ९ हजार २ सय ८७ नेपाली सेना, ७ हजार ९ सय ७५ नेपाल प्रहरी र ४ हजार २ सय ३ सशस्त्र प्रहरी परिचालन भएका छन्।

    नेपाली सेनाले नुवाकोटको त्रिशूली बट्टारस्थित मैथिल ब्यारेकमा फरवार्ड हेडक्वार्टर, इमर्जेन्सी मेडिकल रेस्क्यु टिम तथा फरवार्ड एयर बेस सञ्चालन गरी उद्धार कार्य गरिरहेको छ। रसुवाको धुन्चेमा पनि ट्याक्टिकल हेडक्वार्टर, फरवार्ड मेडिकल टिम र एयर बेस सञ्चालनमा रहेको प्रधानमन्त्रीले बताए।

    सेनाले अवरुद्ध सडक खुलाउने तथा बेलीब्रिज निर्माणलाई समेत तीव्रता दिएको छ। नुवाकोटको देवीघाटमा सेनाका इन्जिनियरले एक्रो ब्रिज जडान गरिरहेको जानकारी दिँदै प्रधानमन्त्रीले विद्युत् आयोजनाका सुरुङ क्षेत्रमा समेत विशेष खोज तथा उद्धार टोली परिचालन गरिएको बताए।

    नेपाल प्रहरीले खोज तथा उद्धार, राहत वितरण, शव व्यवस्थापन, घाइतेको उद्धार र शान्ति सुरक्षा कायम गर्ने कार्यमा अग्रपङ्क्तिमा रहेर काम गरिरहेको प्रधानमन्त्रीले बताए। तालिमप्राप्त कुकुरसहितको टोलीलाई समेत खोज तथा उद्धारमा परिचालन गरिएको उनले जानकारी दिए।

    त्यसैगरी, सशस्त्र प्रहरीले गोताखोर, डोरी उद्धार टोली, ड्रोन तथा केनाइन टोली परिचालन गरी भोटेकोशी–त्रिशूली नदी आसपासका जोखिमपूर्ण क्षेत्रमा खोज तथा उद्धार गरिरहेको छ। प्रभावित क्षेत्रमा विपद् प्रतिकार्य पोष्ट, फिल्ड कमाण्ड पोष्ट तथा १३ वटा विपद् प्रतिकार्य बेस स्थापना गरिएको प्रधानमन्त्रीले बताए।

    प्रधानमन्त्री बालेनले सुरक्षाकर्मीको त्याग, निष्ठा र अदम्य साहसका कारण संकटका बेला लाखौँ नागरिकले सुरक्षित महसुस गर्न पाएको बताए। कार्यक्षेत्रमा खटिने प्रत्येक सुरक्षाकर्मीको योगदानको सरकारले उच्च कदर गर्ने र उनीहरूको सेवा, सुरक्षा तथा सुविधामा कुनै सम्झौता नगर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे।

    विपद्को समयमा सुरक्षाकर्मीलाई कर्तव्यमा खटिन प्रेरित गर्ने उनीहरूका परिवारप्रति समेत प्रधानमन्त्रीले आभार व्यक्त गरेका छन्।

    Post Views: 79
    प्रकाशित मिति: २०८३ भाद्र २१, आईतवार २०:४१
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.