• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

प्रधानमन्त्री बालेनले असोज ८ गते राष्ट्रसंघको महासभामा सम्बोधन गर्ने

  •  नेपाल चौतारी
  • २०८३ भाद्र २१, आईतवार २१:०५ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले आगामी असोज ८ गते अर्थात् सेप्टेम्बर २४ मा संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन गर्ने भएका छन् । नेपालको अनुरोधपछि संयुक्त राष्ट्रसंघले वक्ताहरूको सूची संशोधन गर्दै प्रधानमन्त्री शाहका लागि उक्त मिति र समय तय गरेको हो ।

    न्यूयोर्कस्थित नेपाली स्थायी नियोगले परराष्ट्र मन्त्रालयमार्फत पठाएको संशोधित कार्यतालिका प्रधानमन्त्री सचिवालयमा प्राप्त भएपछि अमेरिका भ्रमणको तयारी अघि बढाइएको छ ।

    परराष्ट्र मन्त्रालयका एक अधिकारीका अनुसार न्यूयोर्कस्थित नेपाली नियोगबाट प्रधानमन्त्री शाहले सेप्टेम्बर २४ मा महासभालाई सम्बोधन गर्ने जानकारी प्राप्त भएको हो । मन्त्रालयले उक्त जानकारी प्रधानमन्त्री कार्यालयमा पठाइसकेको जनाएको छ ।

    हालसम्म न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघीय मुख्यालयमा हुने ८१औँ महासभामा ११८ देशका प्रतिनिधि सम्बोधनका लागि सूचीकृत भइसकेका छन् । अधिकांश देशबाट राष्ट्रप्रमुख, सरकारप्रमुख वा परराष्ट्रमन्त्रीले सम्बोधन गर्ने अपेक्षा गरिएको छ ।

    परराष्ट्र मन्त्रालय र प्रधानमन्त्री सचिवालयका अधिकारीका अनुसार भोटेकोशी विपद्पछि प्रधानमन्त्री शाह आफैं महासभामा सहभागी भएर सम्बोधन गर्ने तयारी भएको हो । यसअघि परराष्ट्रमन्त्री शिशिर खनालले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै महासभामा सम्बोधन गर्ने तयारी गरिएको थियो ।

    प्रधानमन्त्री शाहले आफ्नो सम्बोधनमा विश्वव्यापी तापक्रम वृद्धि र त्यसबाट नेपालमा निम्तिएका विपद्का विषयलाई प्राथमिकताका साथ उठाउने अपेक्षा गरिएको छ । उनले जलवायु न्याय, क्षतिपूर्ति तथा जलवायु परिवर्तनबाट बढी प्रभावित मुलुकले भोगिरहेका समस्याबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउने तयारी छ ।

    भोटेकोशी विपद्पछि उद्धार तथा राहतका काम जारी रहेकाले प्रधानमन्त्रीको अमेरिका भ्रमणलाई छोटो बनाउने तयारी भइरहेको अधिकारीहरूले बताएका छन् । न्यूयोर्क बसाइका क्रममा प्रधानमन्त्रीले कति वटा द्विपक्षीय तथा साइडलाइन बैठकमा सहभागी हुने भन्ने विषय भने अझै टुंगो लागिसकेको छैन ।

    प्रधानमन्त्री बनेपछि शाहको यो पहिलो विदेश भ्रमण हुनेछ । हालसम्म उनले कुनै पनि देशका राष्ट्रप्रमुख वा सरकारप्रमुखसँग प्रत्यक्ष भेट गरेका छैनन् । न्यूयोर्कमा रहँदा सम्भव भएसम्म अमेरिका, चीन र भारतका नेताहरूसँग भेटवार्तालाई प्राथमिकता दिने तयारी रहेको बताइएको छ ।

    यद्यपि, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट हुने विषय भने अझै निश्चित भएको छैन । त्यस्तै चिनियाँ राष्ट्रपति सी जिन्पिङ सेप्टेम्बर २३ देखि २५ सम्म अमेरिकाको औपचारिक भ्रमणमा रहने भए पनि संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुने कार्यक्रम छैन । त्यसैले न्यूयोर्कमा भारतीय र चिनियाँ सरकारप्रमुखसँग प्रधानमन्त्री शाहको भेट हुने सम्भावना न्यून देखिएको छ ।

    प्रधानमन्त्री शाह महासभामा सहभागी हुने भएपछि परराष्ट्रमन्त्री खनाल पनि नेपाली प्रतिनिधिमण्डलका सदस्यका रूपमा रहनेछन् । मन्त्रालयका अधिकारीका अनुसार प्रधानमन्त्रीले महासभामा सम्बोधन गरेर स्वदेश फर्कने र परराष्ट्रमन्त्री खनालले अन्य द्विपक्षीय तथा साइडलाइन बैठकहरूको नेतृत्व गर्ने सम्भावना छ ।

    प्रधानमन्त्री कार्यालयका स्रोतका अनुसार शाहको भ्रमण दलमा प्रमुख सल्लाहकार कुमार बेन, निजी सचिव सुवास शर्मा, निजी सचिव प्रदीप परियार र फोटोग्राफर विनय शाक्य रहनेछन् । त्यस्तै परराष्ट्र सचिव अमृतबहादुर राई, परराष्ट्र मन्त्रालयको संयुक्त राष्ट्रसंघीय मामिला महाशाखा प्रमुख कृष्णप्रसाद ढकाल र अधिकारी कुमारराज खरेल पनि प्रधानमन्त्रीको प्रतिनिधिमण्डलमा रहने अपेक्षा गरिएको छ ।

    न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोग प्रमुख लोकबहादुर थापा पनि प्रतिनिधिमण्डलका सदस्यका रूपमा महासभामा सहभागी हुनेछन् ।

    Post Views: 107
    प्रकाशित मिति: २०८३ भाद्र २१, आईतवार २१:०५
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.