• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

झाडी फाँडेर गरेको उद्यमले बदलेको भुवाने

  •  नेपाल चौतारी
  • २०८३ भाद्र २२, सोमबार ०६:५७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    म्याग्दी। म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरको फेदीमा रहेको भुवानेस्थित रमेश रावलको जग्गा दशकअघिसम्म झाडीले भरिएको थियो । बाँदरको समस्याले खेती गर्न छाडेपछि बाँझिएको जमिनमा रावल परिवारले कृषि फार्म र होटल सञ्चालन गरेपछि चहलपहल बढेको छ ।

    पृथ्वी राजमार्गअन्तर्गत तनहुँमा १२ वर्षसम्म होटल व्यवसाय गरेका रमेश कोभिड–१९ को महामारीपछि जन्मथलो फर्किएका छन् । व्यवसाय प्रभावित भएपछि २०७७ सालमा परिवारसहित गाउँ फर्किएका रावलले सडक छेउमै रहेको पुख्र्यौली जग्गाको झाडी फाँडेर नयाँ व्यवसाय सुरु गर्ने योजना बनाएका छन् ।

    “पहिले खेती हुने जमिन हो । बाँदरको समस्या बढेपछि खेती गर्न छाडियो र विस्तारै झाडीले ढाक्यो”, रावलले भने, “गाउँ फर्किएपछि यही जमिनलाई उपयोग गरेर केही गर्नुपर्छ भन्ने सोच आयो । त्यसपछि होटल र कृषि फार्म सुरु गरेका हौँ ।”

    अहिले १४ रोपनी क्षेत्रफलमा कटेज शैलीमा होटल सञ्चालनमा छ । घरबास शैलीमा सञ्चालित होटलमा एकपटकमा २५ जनासम्म पाहुना बस्न सक्ने क्षमता छ । होटलमा बाहिरबाट सामग्री ल्याउनेभन्दा आफ्नै कृषि फार्ममा उत्पादन भएका वस्तुलाई प्राथमिकता दिइएको छ । फार्ममा उत्पादन भएको कुखुरा, खसीको मासु, भैँसीको दूध र ताजा तरकारी होटलमा प्रयोग हुने गरेको छ ।

    बागलुङ–बेनी सडकमा पर्ने भुवानेमा बालबालिकाका लागि खेल्ने तथा रमाउने, वनभोज र क्याम्प फायरका लागि आवश्यक स्थान छ । रमेशलाई काठमाडौँमा उच्च शिक्षा अध्ययन पूरा गरेका छोरा सुलभले गाउँ फर्किएर साथ दिएका छन् ।

    रोजगारीका लागि युवा विदेशिने क्रम बढिरहेका बेला गाउँमै व्यवसाय गर्ने निर्णय लिनुभएका सुलभले कृषि र पर्यटनलाई जोडेर व्यवसाय विस्तार गर्ने योजना बनाएका छन् । “कृषि उत्पादनमात्रै गर्नेभन्दा त्यसलाई पर्यटनसँग जोड्न सकियो भने थप सम्भावना हुन्छ”, उनले भने, “आगामी दिनमा फार्मलाई एग्रो टुरिजमको अवधारणाअनुसार व्यवस्थित गर्दै लैजाने योजना छ ।”

    कृषि उत्पादन, ग्रामीण वातावरण र आतिथ्य सेवालाई एकैठाउँमा जोडेर भुवानेलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने रावल परिवारको लक्ष्य छ । होटल र कृषि फार्ममा आठ जनाले रोजगारी पाएका छन् । भुवानेको पृष्ठभूमिमा धवलागिरि हिमालको दृश्य देखिन्छ । नजिकै कालीगण्डकी नदी बगिरहेको छ । हिउँदयाममा रत्नेचौरका खेतबारीमा फुल्ने पहेँलो तोरी हेर्न आन्तरिक पर्यटक पुग्ने गरेका छन् । श्रीलक्ष्मीहरि मन्दिर तथा रत्नेचौरदेखि बागलुङको कुडुले जोड्ने लामो झोलुङ्गे पुल पनि यहाँका थप आकर्षण हुन् ।

    भुवानेमा रावल होटलसँगै चिता हाउस होटल तथा रेष्टुरेन्ट पनि सञ्चालनमा छ । भारतीय सेनाबाट निवृत्त हरि खत्रीले सञ्चालन गर्नुभएको चिता हाउसले पनि यस क्षेत्रमा होटल तथा पर्यटन गतिविधि बढाउन योगदान पुर्याएको छ ।

    दशकअघिसम्म झाडीले ढाकिएको भुवानेमा अहिले दुई होटल सञ्चालनमा आएपछि मानिसको आवागमन बढेको छ । होटल व्यवसायले स्थानीयस्तरमा रोजगारीको अवसर सृजना गर्नुका साथै आसपासका किसानले उत्पादन गरेका कृषि उपजका लागि बजारसमेत विस्तार गरेको स्थानीय अगुवा ओम रोकाले बताएका छन् ।

    “बाँदरको समस्याका कारण खेती गर्न छाडिएको र झाडीले ढाकिएको पुख्र्यौली जमिनलाई पुनः उपयोगमा ल्याएर रावल परिवारले कृषि, आतिथ्य र पर्यटनलाई एउटै व्यवसायमा जोडेको छ”, उनले भने, “यसले गाउँमा बाँझिँदै गएको जमिनलाई उत्पादनसँग जोड्न सकिने र स्थानीयस्तरमै रोजगारी तथा उद्यमका अवसर सृजना गर्न सकिने सम्भावना पनि देखाएको छ ।”

    Post Views: 58
    प्रकाशित मिति: २०८३ भाद्र २२, सोमबार ०६:५७
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.