• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

भोटेकोसी बाढीपछि पुनर्निर्माणमा ९ खर्बसम्म लाग्ने प्रारम्भिक अनुमान

  •  नेपाल चौतारी
  • २०८३ भाद्र २२, सोमबार ११:०९ प्रकाशित
    रसुवा, २१ भदौः बाढी पछिको लाङटाङ हाइड्रो आसपासको क्षेत्रको दृश्य यही भदौ १० गते रसुवास्थित भोटेकोशी नदीमा आएको बाढी पछिको लाङटाङ हाइड्रो आसपासको क्षेत्र ड्रोनबाट देखिएको दृश्य । तस्बिरः गोपाल दाहाल/रासस
    • अ-
    • अ
    • अ+

    काठमाडौं । भोटेकोसी बाढीबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माणका लागि प्रारम्भिक रूपमा ८ देखि ९ खर्ब रुपैयाँसम्म खर्च लाग्ने अनुमान गरिएको छ।

    राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गठन गरेको विस्तृत क्षति मूल्यांकन समितिले बाढीबाट भएको क्षति, तत्काल पुनर्निर्माण र दीर्घकालीन आवश्यकताको मूल्यांकन गरिरहेको छ। समितिका संयोजक अर्जुन भण्डारीका अनुसार सोमबार सरोकारवाला निकायसँग छलफल गरेर विस्तृत विवरण सार्वजनिक गर्ने तयारी भइरहेको छ।

    प्राधिकरणका अनुसार बाढीबाट निजी तथा सरकारी पूर्वाधारमा मात्रै करिब ४ खर्ब रुपैयाँ बराबरको क्षति पुगेको छ। समितिका एक सदस्यका अनुसार तत्काल पुनर्निर्माणका लागि ८ देखि ९ खर्ब रुपैयाँ आवश्यक पर्ने देखिएको हो। दीर्घकालीन पुनर्निर्माणमा भने योभन्दा बढी खर्च लाग्न सक्ने अनुमान गरिएको छ।

    सडक तथा पुल पुनर्निर्माणका लागि मात्रै करिब ५० अर्ब रुपैयाँ आवश्यक पर्ने सडक विभागका महानिर्देशक डा. विजय जैसीले बताएका छन्। बाढीबाट ४२ वटा पुल र करिब ४० किलोमिटर सडकमा क्षति पुगेको छ।

    त्यस्तै, सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक रवीन्द्र बोहराका अनुसार क्षतिग्रस्त भवन पुनर्निर्माणका लागि करिब १० अर्ब रुपैयाँ लाग्ने अनुमान छ। रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका १५ स्थानीय तहमा गरी ७ हजार ५७० सरकारी तथा निजी भवनमा क्षति पुगेको छ।

    खानेपानी तथा ढल व्यवस्थापन विभागका अनुसार बाढीले चार जिल्लाका ५५ वटा खानेपानी आयोजनामा क्षति पुर्‍याएको छ। ती आयोजनामा करिब ६ करोड ४० लाख रुपैयाँ बराबरको क्षति भएको विभागको प्रारम्भिक विवरण छ।

    समितिले बाढीबाट भएको हालको क्षति, तत्काल पुनर्निर्माणको आवश्यकता र दीर्घकालीन पुनर्निर्माणको आवश्यकता गरी तीन चरणमा विवरण तयार गरिरहेको छ। विस्तृत मूल्यांकनपछि पुनर्निर्माणका लागि आवश्यक स्रोत र योजनाबारे थप स्पष्ट हुने अपेक्षा गरिएको छ।

    Post Views: 76
    प्रकाशित मिति: २०८३ भाद्र २२, सोमबार ११:०९
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.