• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

अमेरिकी विदेशमन्त्री रुबियोद्वारा रवि लामिछानेलाई टेलिफोन, भोटेकोसी बाढीप्रति समवेदना

  •  नेपाल चौतारी
  • २०८३ भाद्र २२, सोमबार ११:३४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई टेलिफोन गरी भोटेकोसी बाढीमा परी ज्यान गुमाएकाहरूप्रति गहिरो समवेदना व्यक्त गरेका छन्।

    टेलिफोन संवादमा रुबियोले बाढीबाट प्रभावित नेपाली नागरिक तथा नेपाल सरकारप्रति अमेरिकी सरकारको ऐक्यबद्धता जनाउँदै विपद्को कठिन घडीमा अमेरिका नेपालसँगै रहेको बताएका थिए।

    लामिछानेले बाढीपछि जारी खोजी, उद्धार तथा राहत कार्यमा नेपाल सरकारले उपलब्ध सम्पूर्ण स्रोतसाधन परिचालन गरिरहेको जानकारी गराएका थिए। उनले नेपालमा रहेका विदेशी नागरिकको सुरक्षा र संरक्षणमा समेत सरकार उत्तिकै प्रतिबद्ध रहेको बताएका थिए।

    संवादका क्रममा लामिछानेले विपद्को समयमा अमेरिकी सरकारबाट प्राप्त सहयोगप्रति धन्यवाद व्यक्त गरेका थिए।

    जवाफमा विदेशमन्त्री रुबियोले नेपाललाई थप सहयोग आवश्यक परे अमेरिकी सरकार सहयोग गर्न तयार रहेको प्रतिबद्धता जनाएका थिए।

    भोटेकोसी क्षेत्रमा आएको बाढीबाट ठूलो जनधनको क्षति भएपछि सरकारले खोजी, उद्धार, राहत तथा प्रभावितको व्यवस्थापनलाई तीव्रता दिएको छ।

    Post Views: 84
    प्रकाशित मिति: २०८३ भाद्र २२, सोमबार ११:३४
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.