• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

बाढीपीडितको राहत र उद्धारमा कुनै कसर बाँकी राख्दैनौं: प्रधानमन्त्री बालेन

  •  नेपाल चौतारी
  • २०८३ भाद्र २२, सोमबार २०:५८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं। प्रधानमन्त्री बालेन शाहले बाढी तथा पहिरो प्रभावित क्षेत्रमा राहत, उद्धार तथा बेपत्ता व्यक्तिको खोजी कार्यलाई अन्तिमसम्म निरन्तरता दिने प्रतिबद्धता जनाएका छन्।

    सोमबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै प्रधानमन्त्री शाहले सरकारले आफ्नो जिम्मेवारी पूरा गर्न कुनै कसर बाँकी नराखेको बताएका हुन्। उनले प्रभावितको उद्धार तथा बेपत्ता व्यक्तिको खोजीमा सरकार संवेदनशील रहेको उल्लेख गर्दै जिम्मेवारी पूरा गर्न निरन्तर प्रयास भइरहेको बताए।

    भदौ १० गते लाङटाङ हिमालबाट आएको हिमपहिरोका कारण भोटेकोशी नदीमा लेदोसहित आकस्मिक बाढी आएको थियो। बाढीबाट रसुवा र नुवाकोटमा सञ्चालनमा रहेका तथा निर्माणाधीन जलविद्युत् आयोजनामा ठूलो क्षति पुगेको छ भने विभिन्न आयोजना क्षेत्रबाट केही व्यक्ति सम्पर्कविहीन छन्।

    प्रधानमन्त्री शाहका अनुसार प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले निरन्तर खोज तथा उद्धार गरिरहेको छ। खोजी कार्यलाई प्रभावकारी बनाउन भारत, चीन र कोरियाबाट आएका विशेषज्ञ टोलीले समेत सहयोग गरिरहेका छन्।

    रसुवागढी जलविद्युत् आयोजनामा बाढीले हेडवर्क्सका सम्पूर्ण संरचना तथा पावरहाउस बाहिर र भूमिगत पावरहाउसका अधिकांश सामग्रीमा क्षति पुर्‍याएको छ। उद्धार गरिएका एक कर्मचारीको सहयोगमा नेपाली सेनाको टोली सुरुङभित्र २७५ मिटरसम्म पुगे पनि हालसम्म कोही फेला परेको छैन। हेलिकप्टरमार्फत मिनी एस्काभेटर पुर्‍याएर खोजी जारी राखिएको छ।

    लाङटाङ जलविद्युत् आयोजनामा नेपाली सेना र भारतीय विशेषज्ञ टोलीले सुरुङभित्र करिब ६० मिटर प्रवेश गरी खोजी गरेको थियो। भदौ १६ गते ग्यास वेल्डिङमार्फत सुरुङमा प्वाल बनाएर गरिएको खोजीका क्रममा दुई शव फेला परेका थिए।

    त्यस्तै, चिलिमे जलविद्युत् आयोजनामा दलदल हटाउँदै सुरुङभित्र करिब ९० मिटर प्रवेश गर्दा दुई शव फेला परेका छन्। खोजी कार्यमा बबक्याट एस्काभेटरसहितका उपकरण प्रयोग भइरहेको प्रधानमन्त्री शाहले बताएका छन्।

    माथिल्लो त्रिशूली–१ आयोजनामा नेपाली सेना तथा चिनियाँ र कोरियन विशेषज्ञ टोलीले सुरुङभित्र करिब २०० मिटरसम्म पुगेर खोजी गरेको थियो। त्यहाँ भेटिएको तालमा थर्मल ड्रोन प्रयोग गरी खोजी गर्दा एक शव फेला परेको थियो। भदौ २० गते थप एक जनाको उद्धार गर्नुका साथै दुई शव फेला पारिएको शाहले जानकारी दिएका छन्।

    नुवाकोटस्थित त्रिशूली–३ ‘ए’ आयोजनामा ६ वटा एस्काभेटर प्रयोग गरी करिब २५ मिटर उत्खनन गरेपछि सुरुङ फेला पारिएको थियो। सुरुङको मुख खोल्न विस्फोटक पदार्थ, कम्प्रेसर र ड्रिलिङ मेसिन प्रयोग गरिएको थियो। भदौ १९ गते दुई जनाको उद्धार गरिएको र एक शव फेला परेको छ। हाल थर्मल इमेजिङ तथा इन्फ्रारेड क्यामेरामार्फत खोजी भइरहेको छ।

    त्रिशूली–३ ‘बी’ आयोजनामा नेपाली सेना र आयोजनाका कर्मचारीले अडिट सुरुङमा करिब १.७ किलोमिटरसम्म खोजी गरेका छन्। खोजीका क्रममा सुरुङभित्र एउटा गाडी फेला परेको छ। बाढीका कारण आयोजनाका ६ वटा आवासीय र एउटा कार्यालय भवन पुरिएका छन्। ती संरचनाको खोजीमा १५ मिटरसम्म गहिरो उत्खनन गरिएको छ।

    प्रधानमन्त्री शाहले सीमित स्रोत, साधन र समयका बाबजुद बेपत्ता व्यक्तिको खोज तथा उद्धार कार्यलाई अन्तिमसम्म निरन्तरता दिने बताएका छन्। उनले विपद्को समयमा नेपालीको मानवीय संवेदनशीलता र सहयोगी भावनालाई व्यवहारमा उतार्दै प्रभावित क्षेत्रमा सरकार आफ्नो जिम्मेवारीप्रति पूर्ण रूपमा संवेदनशील रहेको उल्लेख गरेका छन्।

    Post Views: 83
    प्रकाशित मिति: २०८३ भाद्र २२, सोमबार २०:५८
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.