• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या

  •  नेपाल चौतारी
  • २०८३ भाद्र २३, मंगलवार १५:४६ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ – कृष्णभीरमा सडक अवरुद्ध हुँदा पर्यटक बस सञ्चालन प्रभावित भएको छ। रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण सडकको तल्लो भाग कटान भएपछि भदौ १३ गतेदेखि पृथ्वी राजमार्ग बन्द छ।

    पोखरा, चितवनको सौराहा, लुम्बिनी लगायतका प्रमुख पर्यटकीय गन्तव्यमा सञ्चालन हुने पर्यटक बस यही राजमार्ग हुँदै आवतजावत गर्ने गरेका छन्। सडक बन्द भएपछि विगत १४ दिनदेखि काठमाडौँ, पोखरा, चितवन र लुम्बिनीमा पर्यटक बस रोकिएका छन्।

    पर्यटक बस एसोसिएसन अफ नेपाल (टिवान) का अध्यक्ष भीष्मप्रसाद न्यौपानेका अनुसार कृष्णभीरमा पहिरो गएर पृथ्वी राजमार्ग अवरुद्ध भएपछि पर्यटक बस सञ्चालनमा ठूलो समस्या परेको छ। उनका अनुसार राजधानी प्रवेश गर्ने प्रमुख राजमार्ग नै बन्द हुँदा यसको प्रत्यक्ष असर पर्यटक तथा व्यवसायीमा परेको छ।

    चितवन–हेटौँडा–फर्पिङ हुँदै साना पर्यटक बस फाट्टफुट्ट सञ्चालन भए पनि ठूला बस भने लामो समयदेखि चल्न सकेका छैनन्। ठूला बसका लागि वैकल्पिक सडक साँघुरो र घुम्ती बढी भएकाले नियमित सेवा सञ्चालन गर्न कठिन भएको न्यौपानेले बताए। यसबाट पर्यटक व्यवसायी तथा मजदुरसमेत प्रभावित भएका छन्।

    सडक अवरुद्ध भएपछि यात्रुको रोजाइ हवाई यात्रातर्फ बढेको छ। चितवनबाट मकवानपुर हुँदै काठमाडौँ आउने वैकल्पिक सडक रहे पनि वर्षायाममा सडकको अवस्था असहज भएकाले यात्रुले हवाई सेवा रोज्ने गरेका छन्।

    पृथ्वी राजमार्ग बन्द भएपछि भरतपुर र पोखरा विमानस्थलमा हवाई यात्रुको चाप बढेको छ। काठमाडौँ–पोखरा दैनिक छ उडान गर्दै आएको यती एयरलाइन्सले यात्रुको चाप बढेसँगै उडान संख्या दैनिक १० पुर्‍याएको जनाएको छ।

    यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार भोटेकोशी बाढीपछि काठमाडौँबाट पोखरा हवाई यात्रा गर्ने यात्रुको संख्या सामान्य अवस्थाको तुलनामा करिब ५० प्रतिशतले बढेको छ। बाढीपछि समग्र हवाई भाडासमेत करिब ४० प्रतिशतले बढेको एयरलाइन्स कम्पनीहरूको भनाइ छ।

    त्यस्तै, भरतपुर–काठमाडौँ हवाई यात्रु पनि बढेका छन्। बुद्ध एयरले सामान्य अवस्थामा दैनिक पाँच उडान गर्दै आएकोमा सडक असहज बनेपछि उडान संख्या दोब्बर बनाएको छ। हाल काठमाडौँ–भरतपुर दैनिक ९ देखि ११ उडान भइरहेको भरतपुर कार्यालयका प्रमुख भक्तबहादुर बस्नेतले जानकारी दिए।

    भरतपुरमा चितवनबाहेक नवलपरासी, गोरखा, तनहुँ, लमजुङ र मकवानपुरबाट समेत यात्रु आउने गरेका छन्।

    यसैबीच, बाढीले क्षति पुर्‍याएको कृष्णभीर सडकखण्डमा नयाँ ट्रयाक खोल्ने काम तीव्र पारिएको छ। मलेखु–मुग्लिङ सडकखण्डका सहायक आवासीय इन्जिनियर अशोक देवकोटाका अनुसार दिनरात काम गरेर नयाँ ट्रयाक निर्माण भइरहेको छ। नयाँ बाटो छिट्टै सञ्चालनमा ल्याउने तयारी भइरहेको उनले बताए।

    पृथ्वी राजमार्ग सञ्चालनमा नआएसम्म यात्रुले चितवन, हेटौँडा हुँदै दक्षिणकालीको वैकल्पिक मार्ग प्रयोग गर्नुपर्ने बाध्यता छ। नियमित सडक सञ्चालन नहुँदा यात्रुले लामो दूरी, महँगो भाडा, वैकल्पिक मार्गको जोखिम र थप सास्ती व्यहोर्नुपरेको छ।

    Post Views: 77
    प्रकाशित मिति: २०८३ भाद्र २३, मंगलवार १५:४६
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.