• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह

  •  नेपाल चौतारी
  • २०८३ भाद्र २३, मंगलवार २१:४५ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ । कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित किम्रोङ खोलामा एक्कासि पानीको बहाव रोकिएपछि गाउँपालिकाले खोला तथा नदी तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीयलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

    आज साँझ करिब ६ः३० बजेदेखि किम्रोङ खोलाको बहाव अवरुद्ध भएको सूचना स्थानीयबाट प्राप्त भएको गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले जानकारी दिए। खोला कुन स्थानमा र पहिरो वा अन्य के कारणले थुनिएको हो भन्नेबारे भने यकिन हुन नसकेको उनले बताए।

    अध्यक्ष केसीका अनुसार पानीको बहाव अवरुद्ध भएको खबर पाएपछि आफू स्थलगत निरीक्षणका लागि वीरेठाँटीतर्फ जाँदैछन्। उनले किम्रोङखोला र मोदीखोला आसपासका तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई विशेष सावधानी अपनाउन आग्रह गरेका छन्।

    किम्रोङ खोला मोदी नदीमा मिसिने भएकाले सम्भावित जोखिमलाई मध्यनजर गर्दै कास्की र पर्वतका नदी तटीय क्षेत्र, विशेषगरी वीरेठाँटी, नयाँपुललगायतका स्थानमा उच्च सतर्कता अपनाउन गाउँपालिकाले अपिल गरेको हो।

    किम्रोङ खोलामा गत असार २८ गते पनि एक्कासि आएको बाढीले पुल बगाउनुका साथै होटलमा क्षति पुर्‍याएको थियो।

    Post Views: 73
    प्रकाशित मिति: २०८३ भाद्र २३, मंगलवार २१:४५
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.