• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

विदेशबाट बाढीपीडितका लागि आउने राहत सामग्रीको हवाई ढुवानी नि:शुल्क

  •  नेपाल चौतारी
  • २०८३ भाद्र २४, बुधबार १७:५४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ । नेपाल वायुसेवा निगमले बाढी तथा अन्य प्राकृतिक विपद्बाट प्रभावित नागरिकका लागि विदेशबाट पठाइने राहत सामग्रीको हवाई ढुवानी एक महिनासम्म निःशुल्क गर्ने भएको छ।

    निगमले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत आफ्ना अन्तर्राष्ट्रिय स्टेसनबाट नेपाल ल्याइने राहत सामग्रीमा लाग्ने सम्पूर्ण हवाई ढुवानी शुल्क छुट दिने निर्णय गरेको हो।

    निगमका अनुसार निःशुल्क ढुवानी सुविधा लिन राहत सामग्री पठाइने मुलुकस्थित नेपाली दूतावास वा सम्बन्धित दूतावाससँग समन्वय गर्नुपर्नेछ। दूतावासको आधिकारिक पत्रका आधारमा बाढी तथा विपद् प्रभावितका लागि पठाइएका सामग्रीमा मात्रै शुल्क छुट उपलब्ध हुनेछ।

    राहतका नाममा हुन सक्ने दुरुपयोग रोक्दै वास्तविक प्रभावितसम्म सहायता पुर्‍याउन सहज होस् भन्ने उद्देश्यले दूतावासमार्फत सामग्री प्रमाणित गर्ने व्यवस्था गरिएको निगमले जनाएको छ।

    शुल्क छुटअन्तर्गत खाद्यान्न, औषधि, लत्ताकपडालगायत विपद् प्रभावित समुदायका लागि आवश्यक अन्य राहत सामग्री नेपाल ल्याउन सकिनेछ। सम्बन्धित दूतावासबाट राहत प्रयोजन प्रमाणित भएपछि निगमका अन्तर्राष्ट्रिय उडानमार्फत ती सामग्री निःशुल्क ढुवानी गरिनेछ।

    विपद्का समयमा विदेशस्थित व्यक्ति, संस्था तथा विभिन्न समुदायबाट प्राप्त मानवीय सहयोगलाई छिटो र प्रभावकारी रूपमा नेपाल भित्र्याउने उद्देश्यले निर्णय गरिएको निगमले जनाएको छ।

    निगमले यो सुविधाबाट विभिन्न मुलुक तथा संघसंस्थाले पठाउने राहत सामग्री शीघ्र नेपाल ल्याई प्रभावित समुदायसम्म पुर्‍याउन सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।

    Post Views: 75
    प्रकाशित मिति: २०८३ भाद्र २४, बुधबार १७:५४
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.