• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता : दुई जनाको मृत्यु

  •  नेपाल चौतारी
  • २०८३ भाद्र २५, बिहीबार ०७:५१ प्रकाशित
    • अ-
    • अ
    • अ+

    ललितपुर । रसुवाको भोटेकोशीमा यही भदौ १० गते आएको बाढीमा परी १५७ जना अझै सम्पर्कविहीन छन्। उनीहरूको खोजी कार्य जारी रहेको ललितपुरका प्रमुख जिल्ला अधिकारी नरहरि घिमिरेले जानकारी दिएका छन्।

    सम्पर्कविहीन भएकामध्ये हालसम्म नौ जना फेला परेका छन्। फेला पर्नेमा तीन पुरुष, दुई महिला र चार बालबालिका रहेका छन्। बाँकीमध्ये ११५ पुरुष, ३९ महिला र तीन बालकको खोजी भइरहेको छ।

    सम्पर्कविहीनमध्ये ९९ जना अन्य जिल्लाका स्थायी बासिन्दा भएर ललितपुरमा बसोबास गर्दै आएका व्यक्ति छन्। उनीहरूमा ८१ पुरुष, १७ महिला र एक बालक रहेका छन्।

    त्यस्तै, बाढीमा परी ललितपुरमा बसोबास गर्ने ४१ विदेशी नागरिक पनि हराइरहेका छन्। तीमध्ये २० महिला, १९ पुरुष र दुई बालक छन्। हराइरहेका विदेशी नागरिकमा युक्रेनका १३, अस्ट्रेलियाका १०, अमेरिका र भारतका पाँच–पाँच, चीनका चार, कोरियाका तीन र बेलायतका एक जना रहेका छन्।

    बाढीमा परी घाइते भएका २४ जनामध्ये २२ जना उपचारपछि घर फर्किएका छन्। घाइतेमध्ये २० पुरुष, तीन महिला र एक बालिका रहेका छन्। एक पुरुषको ग्वार्कोस्थित बी एन्ड बी अस्पतालमा उपचार भइरहेको छ भने घाइते बालिकाको वीरेन्द्र सैनिक अस्पताल, छाउनीमा उपचार भइरहेको प्रजिअ घिमिरेले बताएका छन्।

    यसैगरी, बाढीमा परी मृत्यु भएका पाटन सुन्धाराका दुई जनाको शव परिवारको जिम्मा लगाइएको छ। मृतकमा एक महिला र एक पुरुष रहेका छन्।

    Post Views: 81
    प्रकाशित मिति: २०८३ भाद्र २५, बिहीबार ०७:५१
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.