• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

भोटेकोशी बाढी : ‘डिएनए’ परीक्षण तीव्र

  •  नेपाल चौतारी
  • २०८३ भाद्र २५, बिहीबार ०९:२४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं, भदौ २५ । भोटेकोशी बाढीमा परी मृत्यु भएका नेपाली तथा विदेशी नागरिकका शवको पहिचानका लागि नेपाल प्रहरीले ‘डिएनए’ नमुना सङ्कलन तथा परीक्षणलाई तीव्रता दिएको छ । शव पहिचानका क्रममा त्रुटि नहोस् भन्ने उद्देश्यले नेपाल प्रहरीले आधुनिक ‘फोरेन्सिक’ विधि डिएनए प्रोफाइलिङमार्फत नमुना परीक्षणलाई सूक्ष्म र व्यवस्थित रूपमा अगाडि बढाएको हो ।

    नेपाल प्रहरी केन्द्रीय विधि विज्ञान प्रयोगशाला, सामाखुशीले बाढी प्रभावित क्षेत्र तथा मृतकका आफन्तबाट सङ्कलन भई प्राप्त भएका‘डिएनए’ नमुनाको परीक्षण गरिरहेको छ । नमुना सङ्कलनदेखि सुरक्षित भण्डारण र परीक्षणसम्मका प्रक्रियामा वैज्ञानिक मापदण्ड तथा उपलब्ध प्रविधिको प्रयोग गरिएको प्रहरीले जनाएको छ । प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक अभिनारायण काफ्लेले विपद्पछिको खोज, उद्धार तथा शव पहिचानलाई प्रहरीले प्राथमिकताका साथ अघि बढाइरहेको बताए ।

    प्रयोगशालाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक योगबहादुर पालका अनुसार बाढी प्रभावित क्षेत्रबाट मृतकका नमुना तथा आफन्तबाट सङ्कलित नमुना प्राप्त हुने क्रम जारी छ ।

    “बाढी प्रभावित क्षेत्रबाट सङ्कलित मृतकका नमुना र आफन्तबाट सङ्कलित नमुना आउनेक्रम जारी छ । सङ्कलित नमुनालाई सुरक्षित भण्डारण गर्नुका साथै परीक्षणसम्बन्धी सम्पूर्ण मापदण्ड पूरागरी डिएनए परीक्षणमा अहोरात्र खटिएर कार्य गरिरहेका छौँ”, उनले भने ।

    योगशालामा हालसम्म मृतकका आफन्त तथा अन्य स्रोतबाट प्राप्त ८०८ वटा रगतका नमुना, मृतकका दाँत तथा हड्डीबाट सङ्कलित ३४८ वटा नमुना र ८४ वटा मृतकका औँलाछापसम्बन्धी नमुना गरी जम्मा एक हजार २४० वटा नमुना ‘डिएनए’ तथा सम्बन्धित फोरेन्सिक परीक्षणका लागि प्राप्त भएको प्रहरीले जनाएको छ । हालसम्म २६ जिल्लाबाट डिएनए प्रोफाइलिङका लागि रगतका नमुना प्राप्त भएका छन् ।

    पछिल्लो तथ्याङ्कअनुसार शव पहिचानका लागि मृतकका एक हजार २८६ तथा आफन्तका एक हजार ४१२ गरी कुल दुई हजार ६७८ डिएनए नमुना सङ्कलन गरिएको छ ।

    मृतकबाट सङ्कलित नमुनामध्ये चितवनबाट ३५४, धादिङबाट ७०, नुवाकोटबाट २०७, रसुवाबाट १३४, नवलपरासीपूर्वबाट १९९, तनहुँबाट ३८, गोरखाबाट ७१ र नवलपरासी पश्चिमबाट २१३ वटा नमुना सङ्कलन गरिएको प्रहरीले जनाएको छ ।

    यसैगरी, नेपाल प्रहरी अस्पतालमा हालसम्म ९९० मृतकका आफन्तको नमुना सङ्कलन गरिएको छ । अन्य जिल्लाबाट नमुना सङ्कलन गर्ने कार्यलाई तीव्रता दिइएको छ ।

    ‘डिएनए प्रोफाइलिङ’ व्यक्तिको पहिचान पुष्टि गर्नुका साथै व्यक्तिबीचको जैविक सम्बन्ध स्थापित गर्न प्रभावकारी वैज्ञानिक विधिका रूपमा प्रयोग हुँदै आएको छ ।

    भोटेकोशी बाढीपछि अझै सम्पर्कविहीन तथा हराइरहेका नेपाली र विदेशी नागरिकको पहिचानका लागि पनि ‘डिएनए प्रोफाइलिङ’लाई विस्तार गरिएको प्रहरीले जनाएको छ ।

    बाढीमा फेला परेका शव तथा शरीरका अङ्गको पहिचान गर्न मृतकको नमुना र सम्भावित आफन्तको नमुनाबीच वैज्ञानिक तुलना गरी पहिचान यकीन गर्ने प्रक्रिया अघि बढाइएको छ ।

    यसका लागि नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले विशेष निर्देशन तथा निगरानी गरिरहेका छन् । उनले शव पहिचान तथा ‘डिएनए’ परीक्षणसँग सम्बन्धित सम्पूर्ण प्रक्रियालाई सूक्ष्म रूपमा अध्ययन गरी वैज्ञानिक विधि र मापदण्डअनुसार काम गर्न निर्देशन दिएको प्रहरीले जनाएको छ ।

    प्रहरी प्रधान कार्यालयका प्रहरी उपरीक्षक धर्मराज भण्डारीले पनि ‘डिएनए’ नमुना सङ्कलन, सुरक्षित भण्डारण र परीक्षण प्रक्रियालाई व्यवस्थित रूपमा अगाडि बढाइएको जानकारी दिए ।

    Post Views: 61
    प्रकाशित मिति: २०८३ भाद्र २५, बिहीबार ०९:२४
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.