• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

स्पिनर चम्किँदा ओमानमाथि नेपालको शानदार जित, उपाधिका लागि यूएईसँग भिड्ने

  •  नेपाल चौतारी
  • २०८३ भाद्र २५, बिहीबार १२:५० प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं । मलेसियामा जारी एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालले ओमानमाथि ८७ रनको शानदार जित निकाल्दै फाइनलमा स्थान सुरक्षित गरेको छ।

    नेपालले दिएको १४८ रनको लक्ष्य पछ्याएको ओमान नेपाली स्पिनरको घातक बलिङसामु टिक्न सकेन। ओमान २८.१ ओभरमा ६० रनमै अलआउट भएपछि नेपालले सहज जित हात पारेको हो।

    यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४५.४ ओभरमा सबै विकेट गुमाउँदै १४७ रन बनाएको थियो। नेपालको इनिङ्समा दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ५१ रन बनाए भने बसिर अहमदले ४७ रनको महत्वपूर्ण योगदान दिए।

    नेपाल २३ रनमै पहिलो विकेट गुमाएर ३६ रनमा चार विकेट गुमाएको संकटपूर्ण अवस्थामा पुगेको थियो। त्यसपछि दीपेन्द्र र बसिरले धैर्यपूर्ण ब्याटिङ गर्दै ९३ रनको महत्वपूर्ण साझेदारी गरे। यही साझेदारीले नेपाललाई सम्मानजनक योगफलतर्फ अघि बढाएको थियो।

    नेपालका लागि देव खनालले १३ तथा आसिफ शेखले ११ रन बनाए। अन्य ब्याटरले भने दोहोरो अंकको स्कोर बनाउन सकेनन्। नेपाल १२९ रनमा पाँच विकेटको अवस्थामा रहे पनि त्यसपछि लगातार विकेट गुमाउँदा १४७ रनमै समेटिएको थियो।

    ओमानका जय ओडेडराले १० ओभरमा २६ रन खर्चेर तीन विकेट लिए। हस्नैन शाहले ८.४ ओभरमा २८ रन दिँदै तीन विकेट हात पारे। मुहम्मद इमरानले दुई तथा शकील अहमद र मुजिबुर अलीले समान एक विकेट लिए।

    तर, ओमानको ब्याटिङ इनिङ्समा नेपाली स्पिनर हावी भए। नियमित अन्तरालमा विकेट गुमाएको ओमान ६० रनमै समेटिएपछि नेपालले ८७ रनको प्रभावशाली जित दर्ता गर्‍यो।

    सेमिफाइनलमा जितसँगै नेपालले एसीसी इमर्जिङ टिम्स एसिया कपमा समेत स्थान बनाएको छ।

    अब नेपालले एसीसी प्रिमियर कपको उपाधिका लागि यूएईसँग प्रतिस्पर्धा गर्नेछ। फाइनल खेल शनिबार हुनेछ। फाइनलमा यूएईलाई पराजित गर्न सके नेपालले आगामी एसिया कपमा समेत स्थान बनाउनेछ।

    Post Views: 68
    प्रकाशित मिति: २०८३ भाद्र २५, बिहीबार १२:५०
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.