• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

रसुवा बाढी : मृत्यु हुनेको संख्या १,३७७ पुग्यो, ५,१३० जना अझै बेपत्ता

  •  नेपाल चौतारी
  • २०८३ भाद्र २५, बिहीबार १३:३९ प्रकाशित
    • अ-
    • अ
    • अ+

    ​काठमाडौँ – रसुवा बाढी तथा त्यसबाट प्रभावित विभिन्न क्षेत्रमा हालसम्म १,३७७ जनाको मृत्यु भएको छ भने ५,१३० जना अझै बेपत्ता छन्।

    राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बिहीबार बिहान ११ बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै खोज, उद्धार तथा राहत कार्यको पछिल्लो अवस्था जानकारी गराएको हो।

    प्राधिकरणका अनुसार चितवनमा सबैभन्दा बढी ३६४ जनाको शव फेला परेको छ। नवलपरासी पूर्वमा २२८, नवलपरासी पश्चिममा २२२, नुवाकोटमा १९८, रसुवामा १७८, गोरखामा ७७, धादिङमा ७० र तनहुँमा ३८ जनाको शव भेटिएको छ। उपचारका क्रममा काठमाडौँमा थप दुई जनाको मृत्यु भएको छ।

    बेपत्ता हुनेको संख्या ५,१३० पुगेको छ। तीमध्ये रसुवा र नुवाकोट क्षेत्रका धेरै व्यक्ति रहेको प्राधिकरणले जनाएको छ। हालसम्म १०४ वटा शवको सनाखत भइसकेको छ।

    विपद्पछि विभिन्न १९ वटा अस्पतालमा ३३३ जनाको उपचार भइरहेको छ भने २५६ जना उपचारपछि डिस्चार्ज भएका छन्। उद्धारतर्फ हालसम्म १३,६५६ जनाको सफल उद्धार गरिएको छ।

    उद्धार गरिएका तथा विस्थापितका लागि ३७ वटा होल्डिङ सेन्टर सञ्चालनमा ल्याइएको छ। ती सेन्टरमा हाल नुवाकोटका २,६१५, रसुवाका ७७५ र धादिङका २९५ जना आश्रित रहेका छन्।

    प्रभावित क्षेत्रमा उद्धार तथा राहत सामग्री पुर्‍याउन नेपाली सेनाका १,३४८ र सशस्त्र प्रहरी बलका २७२ वटा हवाई उडान सञ्चालन भएका छन्। स्वास्थ्य उपचारतर्फ नेपाली सेनाले ३,५५९ र सशस्त्र प्रहरीले ३,६०६ जनालाई सेवा प्रदान गरेका छन्।

    खोज, उद्धार तथा सुरक्षाका लागि कुल २१,०६३ जना सुरक्षाकर्मी परिचालन गरिएको छ। जसमा नेपाली सेनाका ८,८८५, नेपाल प्रहरीका ७,९७५ र सशस्त्र प्रहरी बलका ४,२०३ जना रहेका छन्।

    सरकारले रसुवामा एक करोड, नुवाकोटमा एक करोड र धादिङमा ५० लाख रुपैयाँ नगद राहत उपलब्ध गराएको छ। त्यस्तै, प्रभावित १५ पालिकाका लागि कुल १३ करोड ५० लाख रुपैयाँ राहत रकम पठाइएको प्राधिकरणले जनाएको छ।

    प्रभावित क्षेत्रमा सडक तथा हवाईमार्गमार्फत खाद्यान्न तथा गैरखाद्य सामग्री पठाउने कार्य निरन्तर भइरहेको छ।

    802503240_38513699778244282_3677840746237894821_n_Fx7Uy5lmRQ-1789026652.webp​

    ​

    Post Views: 85
    प्रकाशित मिति: २०८३ भाद्र २५, बिहीबार १३:३९
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.