• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

विदेशबाट फर्किएका युवा भेडापालनमा

  •  नेपाल चौतारी
  • २०८३ भाद्र २६, शुक्रबार ०७:२१ प्रकाशित
    • अ-
    • अ
    • अ+

    म्याग्दी । रोजगारीका लागि विदेश जाने युवाको सङ्ख्या बढिरहेका बेला म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५, पाउद्धारका केही युवाले भने विदेशमा सिकेको सीप र कमाएको पुँजी आफ्नै गाउँमा लगानी गरेर भेडापालन व्यवसाय सुरु गरेका छन्।

    पाउद्धारका ३८ वर्षीय मनिराम पाइजा छ वर्ष रोजगारीका लागि दुबईमा बसे। विदेशमा रहँदा हासिल गरेको व्यावसायिक ज्ञान, सीप र त्यहाँबाट आर्जन गरेको पुँजीलाई गाउँमै लगानी गर्ने सोच बनाएर उनले भेडापालन सुरु गरेका हुन्। उनको व्यवसायमा सोही ठाउँका कमल मगर र अरुण मगरले पनि साथ दिएका छन्। दुवै जना वैदेशिक रोजगारीबाट फर्किएका हुन्।

    मनिराम, कमल र अरुणको समूहले अहिले करिब ५०० भेडा पालेको छ। उनीहरूले भेडापालनमा रु एक करोडभन्दा बढी लगानी गरेका छन्। भेडा घान्द्रुक र मुस्ताङबाट खरिद गरी ल्याइएको हो।

    बर्खायाममा भेडाको बथान समुद्री सतहदेखि चार हजार मिटरभन्दा बढी उचाइमा रहेको खयरखोला क्षेत्रका खर्कमा पुग्छ। त्यहाँको हरियो घाँस चराएर भेडा पाल्ने र जाडो बढ्दै गएपछि बथानलाई क्रमशः तल्लो क्षेत्रमा झार्ने गरिन्छ। हिउँदमा भेडा चराउँदै कास्की र पर्वतसम्म पुग्ने गरेको मनिरामले बताए।

    “मिहिनेत गर्न सके भेडापालनबाट राम्रो आम्दानी गर्न सकिन्छ,” उनले भने, “विदेशमा अरूको व्यवसायका लागि श्रम गर्नुभन्दा आफ्नै ठाउँमा लगानी गरेर काम गर्दा आत्मसन्तुष्टि पनि मिलेको छ।”

    पाउद्धारका लेकाली खर्कमा चराइएका भेडाको धार्मिक तथा सांस्कृतिक प्रयोजनमा समेत माग हुने गरेको छ। खयरखोला र आसपासका हिमाली क्षेत्रमा पाइने जडीबुटीयुक्त घाँस खाएर हुर्किएका भेडालाई पूजा तथा बलिका लागि उपयुक्त मानिन्छ। चाडपर्वका समयमा मासुका लागि पनि यस्ता भेडाको माग बढ्ने गरेको छ।

    भेडा गोठ तथा खर्कबाटै बिक्री हुने गरेका छन्। एउटा भेडा रु २० हजारदेखि ३५ हजारसम्ममा बिक्री हुने गरेको मनिरामले बताए। यस वर्ष जनैपूर्णिमाका अवसरमा खयरभारानी क्षेत्रमा लागेको मेलामा बलिका लागि ५० भन्दा बढी भाले भेडा तथा बोका बिक्री भएका थिए।

    यद्यपि, बस्तीबाट टाढा रहेका लेकाली खर्कमा घुम्ती गोठ सञ्चालन गरेर भेडापालन गर्न सहज छैन। चितुवा र ब्वाँसोबाट भेडाबाख्रा जोगाउनु मुख्य चुनौतीका रूपमा रहेको छ। वन्यजन्तुको आक्रमणबाट बथानलाई जोगाउन उनीहरूले भोटे कुकुर पालेका छन्। दिनभर भेडासँगै चरन क्षेत्रमा जाने ती कुकुरले रातको समयमा खर्कमा गोठको सुरक्षासमेत गर्ने गरेका छन्।

    भेडापालनसँगै मनिरामको समूहले खोपारा हुँदै खयरतर्फ जाने पर्यटकलाई घुम्ती गोठमै खाने तथा बस्ने सुविधा पनि उपलब्ध गराउँदै आएको छ। यसले पशुपालनलाई ग्रामीण पर्यटनसँग जोड्ने नयाँ अवसरसमेत सिर्जना गरेको छ।

    खर्कको अवस्था र मौसमअनुसार भेडाबाख्राको बथानसहित गोठ बर्खामा लेकतर्फ र हिउँदमा बेँसीतर्फ सार्ने चलन पाउद्धारमा पुस्तौँदेखि चलिआएको छ। पुराना पुस्ताका किसानको निधन तथा युवाको सहर र विदेश पलायनसँगै घुम्ती गोठको परम्परा क्रमशः हराउँदै गएको अवस्थामा मनिराम, कमल र अरुणजस्ता युवाले त्यसलाई निरन्तरता दिने प्रयास गरेका छन्।

    “गाउँमै बसेर पनि व्यवसाय गर्न सकिन्छ भन्ने देखाउन चाहेका छौँ,” कमलले भने, “परम्परागत पेसालाई आधुनिक व्यवसायसँग जोडेर अघि बढाउने हाम्रो प्रयास हो।”

    उनीहरूका अनुसार भेडाबाख्रा बिरामी हुँदा औषधोपचार तथा प्राविधिक सेवा, घुम्ती गोठ निर्माण र रातको समयमा उज्यालोका लागि सौर्य ऊर्जाको व्यवस्थापन आवश्यक छ। स्थानीय तह तथा सम्बन्धित निकायबाट यस्ता क्षेत्रमा सहयोग पाए भेडापालन व्यवसायलाई थप विस्तार गर्न सकिने उनीहरूको अपेक्षा छ।

    विदेशबाट फर्किएका युवाले आफ्नै गाउँको वनपाखा र खर्कमा श्रम तथा पुँजी लगानी गरेर सुरु गरेको भेडापालनले स्वरोजगारको अवसर सिर्जना गर्नुका साथै लोपोन्मुख बन्दै गएको घुम्ती गोठको परम्परालाई संरक्षण र निरन्तरता दिने आधारसमेत तयार गरेको छ।

    Post Views: 46
    प्रकाशित मिति: २०८३ भाद्र २६, शुक्रबार ०७:२१
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.