• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

विपद्को पीडामा खल्लो बन्दै तीज

  •  नेपाल चौतारी
  • २०८३ भाद्र २८, आईतवार १६:२२ प्रकाशित
    रसुवा, २१ भदौः बाढी पछिको लाङटाङ हाइड्रो आसपासको क्षेत्रको दृश्य यही भदौ १० गते रसुवास्थित भोटेकोशी नदीमा आएको बाढी पछिको लाङटाङ हाइड्रो आसपासको क्षेत्र ड्रोनबाट देखिएको दृश्य । तस्बिरः गोपाल दाहाल/रासस
    • अ-
    • अ
    • अ+

    काठमाडौँ । सामान्यतया भदौ लागेसँगै नेपाली समाजमा तीजको रौनक छाउँथ्यो । घर,आँगनदेखि बजारसम्म रातो साडी, चुरा, पोते र गरगहनामा सजिएका महिलाको चहलपहल देखिन्थ्यो । तीजका गीत घन्किन्थे, दिदीबहिनी भेला भएर दर खान्थे, नाचगान गर्थे । कार्यालय, संस्था र समुदायमा तीज विशेष कार्यक्रम आयोजना हुन्थे । तर यसपटकको तीजको माहोल फरक छ ।

    रसुवाको भोटेकोशीमा यही भदौ १० गते गएको बाढीले ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएपछि त्यसको त्रास र पीडाले मुलुकका धेरै परिवारलाई रुवाएको छ । विशेषगरी रसुवा, नुवाकोट, धादिङलगायतका बाढी प्रभावित क्षेत्रमा तीजको उल्लासभन्दा आफन्तको खोजी, विस्थापनको पीडा र भोलिको चिन्ताले ठाउँ लिएको छ । अन्य जिल्लाका नागरिक पनि बाढीमा परेकाले देशभर शोक छाएको छ ।

    आज तीज दर खाने दिन । विगतमा यही दिन दिदीबहिनीहरू एकै ठाउँमा जम्मा भएर दर खाने, सुखदुःख साट्ने र तीजको गीतमा रमाउने गर्थे । यसपटक भने कतिपय परिवारका लागि दर खाने दिन पनि हराएका आफन्तको सम्झनामा बितिरहेको छ । नुवाकोटकी सुकुमाया तामाङको आँखामा तीजको रौनक होइन, हराइरहेका आफन्त भेटिने आशा छ । “कि सास, कि लास भए पनि भेटियो”, भन्ने आशामा दिन बिताइरहेका परिवारका लागि चाडपर्वको खुसी कसरी सम्भव होस् ?

    यस्तै, पीडा नुवाकोट र धादिङका प्रभावित परिवारमा पनि छ । कतिपयका घर बगेका छन्, कतिपयका व्यवसाय र रोजगारीका आधार गुमेका छन् । कतिपय परिवारका सदस्य घाइते भएर अस्पतालमा उपचाररत छन् । ज्यान जोगाएर बाँचेकाहरू पनि घटनाको त्रासबाट अझै मुक्त हुन सकेका छैनन् ।

    बाढीका कारण विस्थापित भएका सयौँ नागरिक अहिले अस्थायी सेल्टरमा बसिरहेका छन् । उनीहरूका लागि चाडपर्व मनाउनु प्राथमिकता होइन । बिहान बेलुका खानेकुरा, सुरक्षित बसोबास, स्वास्थ्योपचार र हराइरहेका आफन्तको खोजी नै अहिलेको मुख्य आवश्यकता बनेको छ ।

    काठमाडौँ उपत्यकामा तीजको चहलपहल देखिए पनि बाढी प्रभावित परिवारमा त्यसको प्रभाव न्यून छ । विगतमा तीजका लागि महिनौँअघि नै तयारी गर्ने महिला यसपटक आवश्यकताअनुसार मात्र घरभित्र भेटघाट गरिरहेका छन् । कतिपय महिलाले सामान्य रूपमा रातो पहिरन लगाएका छन्, हातमा चुरा पनि लगाएका छन् । तर त्यो सजावटमा विगतको उत्साह छैन । उनीहरूको मनमा बाढीले दिएको चोट, गुमाएका घर–सम्पत्ति र हराइरहेका आफन्तको सम्झना छ ।

    “चाड त आयो, तर मनमा खुसी छैन”, गोङ्गबुकी राधा खत्री भन्छिन् । यसपटकको तीजको वास्तविकता राधाको यही भनाइले झल्काउँछ । तीज नेपाली महिलाको सांस्कृतिक पर्व मात्र होइन, भेटघाट, आत्मीयता र दुःखसुख साट्ने अवसर पनि हो । यही कारण विपत्तिमा परेका महिलाका लागि यस वर्ष तीज झनै भावुक बनेको छ । कतिपयले आफ्नो पीडा अरूसँग साटिरहेका छन् भने कतिपयले मौनरूपमै दुःख सहिरहेका छन् ।

    बाढीबाट ज्यान जोगाएर फर्किएका महिलाका कथा पनि कम पीडादायी छैनन् । कसैले परिवारका सदस्य गुमाएका छन्, कसैले घरबास । कसैले घाइते अवस्थाबाट उपचारपछि बल्ल सामान्य जीवनतर्फ फर्किने प्रयास गरिरहेका छन् । बाढीको समयमा ज्यान जोगाउन भागेका महिला अहिले सुरक्षित स्थानमा भए पनि त्यो क्षणको त्रास सम्झँदा झस्किन्छन् । उनीहरूका लागि तीजका गीतभन्दा बाढीको गर्जन र भागदौडको स्मृति अझै ताजा छ ।

    अस्थायी शिविरमा बसिरहेका महिला आफ्ना बालबालिकालाई सम्हालिरहेका छन् । राहतबाट प्राप्त खाद्यान्न र अन्य सामग्रीको व्यवस्थापन गर्दै उनीहरू परिवारको दैनिक जीवनलाई पुनःसामान्य बनाउने प्रयासमा छन् । चाडपर्व आए पनि उनीहरूका लागि सबैभन्दा ठूलो उत्सव आफ्ना परिवारका सदस्य सुरक्षित हुनु र हराइरहेकाहरू सकुशल भेटिनु हो ।

    चाडपर्व दुःख बिर्साउने अवसर पनि हो । तर दुःख अत्यन्तै गहिरो हुँदा उत्सवभन्दा सहानुभूति र साथ आवश्यक हुन्छ । यसपटकको तीजले यही सन्देश दिएको छ- विपत्तिमा परेका परिवारलाई एक्लो नछाडौँ, उनीहरूको पीडामा साथ दिऔँ र पुनःस्थापनाका लागि हातेमालो गरौँ ।

    Post Views: 66
    प्रकाशित मिति: २०८३ भाद्र २८, आईतवार १६:२२
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.