• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

आज हरितालिका तीज : शिव–पार्वतीको पूजा गर्दै ,पौराणिक कथा र विधि

  •  नेपाल चौतारी
  • २०८३ भाद्र २९, सोमबार ०८:३१ प्रकाशित
    पाशुपत परिसरमा भक्तजनको घुइँचो काठमाडौँ, २९ भदौः काठमाडौँको पशुपतिनाथ मन्दिरमा सोमबार हिन्दु महिलाहरुको महान् पर्व हरितालिका तिजका दिन पूजाअर्चना तथा दर्शन गर्ने आएका भक्तजन । तस्बिरः हरिराम भेटुवाल÷रासस
    • अ-
    • अ
    • अ+

    काठमाडौँ । हिन्दू धर्मावलम्बी नेपाली महिलाले आज देवादिदेव महादेव र माता पार्वतीको पूजा–आराधना गर्दै हरितालिका तीज मनाउँदैछन्। भाद्र शुक्ल पक्षको तृतीया तिथिका दिन हरितालिका व्रत बस्ने धार्मिक परम्परा रहिआएको छ।

    धर्मशास्त्रअनुसार चतुर्थीसहितको तृतीया तिथि हरितालिका व्रतका लागि उत्तम मानिन्छ। द्वितीया तिथिसँग योग भएको दिन भने यो व्रत गर्न नहुने उल्लेख पाइन्छ।

    विवाहित महिलाले श्रीमान्को दीर्घायु, सुख–समृद्धि र पारिवारिक कल्याणको कामना गर्दै व्रत बस्ने गर्छन् भने अविवाहित महिलाले आफूले चाहेको सुयोग्य वर प्राप्त होस् भन्ने कामनासहित व्रत गर्ने परम्परा छ। शास्त्रीय विधानमा महिला र पुरुष दुवैले यो व्रत गर्नुपर्ने उल्लेख भए पनि नेपाली समाजमा भने मुख्यतः महिलाले व्रत बस्ने चलन स्थापित भएको छ।

    भाद्र शुक्ल तृतीयाका दिन शिव–पार्वतीको पूजा तथा उपासना गर्नाले सुख, शान्ति र कल्याण प्राप्त हुने धार्मिक विश्वास छ।

    पार्वतीसँग जोडिएको पौराणिक कथा

    पौराणिक कथाअनुसार सत्ययुगमा हिमालयपुत्री पार्वतीले भगवान् शिवलाई पतिको रूपमा प्राप्त गर्न कठोर तपस्या गरेकी थिइन्। पार्वतीको इच्छाविपरीत पिता हिमालयले उनको विवाह भगवान् विष्णुसँग गरिदिने तयारी गरेपछि उनले आफ्ना सखीहरूसँग आफ्नो समस्या सुनाइन्।

    पार्वतीको इच्छा बुझेर उनका सखीहरूले उनलाई हरण गरी कसैले नदेख्ने गुप्त स्थानमा लगेर राखे। त्यही स्थानमा पार्वतीले निराहार व्रत र कठोर तपस्या गर्दै महादेवलाई पतिको रूपमा प्राप्त गरेको धार्मिक मान्यता छ।

    सखीहरूले पार्वतीलाई हरण गरेको दिन भाद्र शुक्ल तृतीया रहेकाले त्यही घटनाको सम्झनामा हरितालिका तीजको व्रत बस्ने परम्परा सुरु भएको धर्मशास्त्रीय मत पाइन्छ।

    ‘हरितालिका’ शब्द संस्कृतका ‘हरित’ र ‘आलिका’ शब्दबाट बनेको मानिन्छ। ‘हरित’ को अर्थ हरण गरिएको र ‘आलिका’ को अर्थ साथी वा सखी भन्ने हुन्छ। यसै कारण पार्वतीलाई सखीहरूले हरण गरेको प्रसंगसँग जोडेर यस पर्वलाई हरितालिका भनिएको हो।

    व्रतसँगै नाचगान र सांस्कृतिक उत्सव

    तीजका अवसरमा महिलाहरू समूहमा भेला भएर शिव–पार्वतीको पूजा–आराधना गर्नुका साथै नाचगान र मनोरञ्जन गर्ने गर्छन्। तीजका गीतमा धार्मिक तथा भक्तिभावका विषयसँगै महिलाका व्यक्तिगत अनुभूति, सामाजिक अवस्था, पारिवारिक पीडा र मनोभावनासमेत अभिव्यक्त हुने गरेको पाइन्छ।

    यसले तीजलाई धार्मिक पर्वसँगै नेपाली महिलाको भावना र अनुभव अभिव्यक्त गर्ने महत्वपूर्ण सांस्कृतिक अवसरका रूपमा समेत स्थापित गरेको छ।

    स्वास्थ्यअनुसार व्रत बस्न आग्रह

    हरितालिका तीजको व्रत निराहार, जलाहार वा फलाहार गरी तीन प्रकारले बस्न सकिने धार्मिक मान्यता छ। निराहार व्रतमा केही पनि नखाई बसिन्छ भने जलाहारमा पानी मात्र सेवन गरिन्छ। फलाहारमा फलफूल, दूधलगायतका उपयुक्त खाद्य पदार्थ सेवन गर्ने गरिन्छ।

    शास्त्रमा ‘सर्वतः आत्मानं गोपायेत्’ अर्थात् जुनसुकै अवस्थामा पनि आफ्नो शरीर र स्वास्थ्यको रक्षा गर्नुपर्ने मान्यता रहेको बताइन्छ। त्यसैले आफ्नो स्वास्थ्य अवस्था हेरेर शरीरलाई असर नपर्ने किसिमको व्रत विधि अपनाउनु उचित मानिन्छ।

    स्वास्थ्यका कारण निराहार बस्न नसक्ने व्यक्तिले पानी, सखरखण्ड, पिँडालु, तरुल, केरा, आँप, अम्बा, दूधलगायतका हवनीय वस्तु सेवन गर्न सक्ने धार्मिक मान्यता छ। गुरुको वचनबाट अनुमोदित वस्तु सेवन गर्न सकिने उल्लेखसमेत पाइन्छ।

    स्कन्द पुराणमा औषधि सेवन गर्दा व्रत भङ्ग नहुने उल्लेख रहेको बताइन्छ। एकादशी तथा तीजको व्रतमा अन्न सेवन नगर्ने परम्परा भए पनि फल, मूल, दूध र पानी ग्रहण गर्न सकिने धार्मिक मान्यता छ।

    Post Views: 61
    प्रकाशित मिति: २०८३ भाद्र २९, सोमबार ०८:३१
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.