• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

पशुपतिनाथ मन्दिरमा सशस्त्र प्रहरीका ८ सय जनशक्ति, गोताखोरदेखि मेडिकल टोलीसम्म परिचालन

  •  नेपाल चौतारी
  • २०८३ भाद्र २९, सोमबार १०:३४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ । हरितालिका तीजको अवसरमा पशुपतिनाथ मन्दिरमा आउने दर्शनार्थीको सुरक्षा तथा व्यवस्थापनका लागि सशस्त्र प्रहरी बल नेपालले करिब ८ सय जनशक्ति परिचालन गरेको छ।

    सशस्त्र प्रहरीले सोमबार बिहान २ बजेदेखि नै पशुपति क्षेत्र तथा आसपासमा सुरक्षा, शान्ति–सुरक्षा र स्वास्थ्य सेवाका लागि सुरक्षाकर्मी परिचालन गरेको जनाएको छ।

    दर्शनार्थीको स्वास्थ्य उपचारका लागि नेपाल एपीएफ अस्पताल बलम्बुबाट महिला चिकित्सकसहितको मेडिकल टोली र एम्बुलेन्स पशुपति क्षेत्रमा तैनाथ गरिएको छ। त्यस्तै, दर्शनार्थीलाई खानेपानी उपलब्ध गराउन प्रधान कार्यालयबाट ट्यांकरसहितको टोली परिचालन गरिएको छ।

    सम्भावित दुर्घटना तथा नदीजन्य जोखिमलाई मध्यनजर गर्दै पशुपति क्षेत्रको राम मन्दिरनजिक बागमती नदी किनारमा गोताखोरसहितको उद्धार टोलीलाई तयारी अवस्थामा राखिएको सशस्त्र प्रहरीले जनाएको छ।

    तीजको मेला अवधिभर अवाञ्छित गतिविधि नियन्त्रण गर्न मन्दिर परिसर र आसपासका क्षेत्रमा निगरानीसमेत बढाइएको छ। सादा पोसाकका सुरक्षाकर्मी परिचालन गर्नुका साथै तिलगंगा, जय बागेश्वरी, गुह्येश्वरी, विश्वरूपा मन्दिर र गौरीघाटलगायत क्षेत्रमा नियमित गस्ती बढाइएको छ।

    सुरक्षा व्यवस्थापन तथा विभिन्न निकायबीच आवश्यक समन्वयका लागि पशुपतिनाथ मन्दिर परिसरमा कमान्ड पोस्ट स्थापना गरिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।

    Post Views: 56
    प्रकाशित मिति: २०८३ भाद्र २९, सोमबार १०:३४
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.