• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

गगन नेतृत्वको कांग्रेसका निर्णय नमान्ने देउवा समूहको निर्णय

  •  नेपाल चौतारी
  • २०८३ भाद्र २९, सोमबार १४:३५ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ । नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको संस्थापन पक्षले गरेका निर्णय नमान्ने जनाएको छ ।

    सोमबार बिहान देउवा निवास चुनदेवीमा बसेको समूहको बैठकले विशेष महाधिवेशनलाई नै अवैधानिक भन्दै त्यसबाट बनेको कार्यसम्पादन समितिले गरेका निर्णय स्वीकार नगर्ने निष्कर्ष निकालेको हो ।

    आइतबार सभापति गगन थापाको अध्यक्षतामा बसेको कार्यसम्पादन समितिको बैठकले १४औँ महाधिवेशनबाट निर्वाचित सबै केन्द्रीय सदस्यलाई सोही हैसियतमा १५औँ महाधिवेशनमा सहभागी गराउने निर्णय गरेको थियो । तर, देउवा समूहले उक्त निर्णय अस्वीकार गरेको हो ।

    बैठकपछि नेता दीपक खड्काले मंसिरमा १५औँ महाधिवेशन सम्पन्न गर्न असोज १५ गतेदेखि अधिवेशनका प्रक्रिया अघि बढाउने निर्णय भएको जानकारी दिए । संस्थापन पक्षले असोज १६ देखि १९ गतेसम्म १५औँ महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ ।

    खड्काका अनुसार राजनीतिक छलफल र सहमतिबिना विशेष महाधिवेशनबाट बनेको समितिले गरेका निर्णयलाई देउवा समूहले मान्यता नदिने निर्णय गरेको छ ।

    उनले भने, “विशेष महाधिवेशनबाट आएको समितिले गरेका निर्णय अवैधानिक भएकाले नमान्ने निर्णय भएको छ । एकपक्षीय रूपमा तय गरिएको अधिवेशनमा सहभागी नहुने र १४औँ महाधिवेशनबाट आएको समितिले तय गरेको असोज १५ गतेदेखिको कार्यतालिकाअनुसार अधिवेशन अघि बढाउने निर्णय भएको छ ।”

    बैठकले महाधिवेशन सम्पन्न गर्न आवश्यक निर्वाचन समिति, अनुशासन समिति तथा क्रियाशील सदस्यता व्यवस्थापन समिति गठन गरी पूर्णता दिने निर्णयसमेत गरेको खड्काले बताए । देउवा समूहले आइतबार निर्वाचन समितिको संयोजकमा यज्ञराज पोखरेललाई नियुक्त गरेको थियो ।

    यसैगरी, कांग्रेसको आधिकारिकतासम्बन्धी सर्वोच्च अदालतको फैसलामा पुनरवलोकनको अनुमति प्राप्त भइसकेकाले त्यससम्बन्धी फैसला नआएसम्म प्रतीक्षा गर्दै पार्टीका गतिविधि अघि बढाउने निर्णय पनि बैठकले गरेको छ ।

    गत पुस अन्तिम साता तत्कालीन केन्द्रीय समितिको असहमतिबीच महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा विशेष महाधिवेशन भएपछि कांग्रेसभित्र विवाद चर्किएको हो । देउवा र डा. शेखर कोइराला समूहले उक्त विशेष महाधिवेशनलाई अस्वीकार गर्दै आएका छन् ।

    देउवा र शेखर समूहले १५औँ महाधिवेशनका लागि पुस मसान्तसम्म नवीकरण भएका क्रियाशील सदस्यलाई मान्यता दिनुपर्ने तथा १४औँ महाधिवेशनबाट निर्वाचित सबै केन्द्रीय सदस्यलाई विशेष महाधिवेशनपछि बनेको केन्द्रीय समितिमा समावेश गर्नुपर्ने माग राख्दै आएका थिए ।

    संस्थापन पक्षको कार्यसम्पादन समितिले ती मागमध्ये केन्द्रीय सदस्यलाई समावेश गर्ने निर्णय गरे पनि देउवा समूहले विशेष महाधिवेशनको वैधानिकतामै प्रश्न उठाउँदै असोजमा हुने भनिएको महाधिवेशनमा सहभागी नहुने निर्णय गरेको हो ।

    बैठकका निर्णय सार्वजनिक गर्न देउवा समूहले सोमबार दिउँसो ४ बजे चुनदेवीस्थित सम्पर्क कार्यालयमा पत्रकार सम्मेलन गर्ने जनाएको छ ।

    Post Views: 66
    प्रकाशित मिति: २०८३ भाद्र २९, सोमबार १४:३५
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.