• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

विपद्मा स्वयंसेवक हुनु त नेपालीजस्तो…

  •  नेपाल चौतारी
  • २०८३ भाद्र ३१, बुधबार १०:३२ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ । विपद्मा स्वयंसेवकको सेवा कस्तो हुनुपर्दछ भन्ने अब्बल उदाहरण रसुवा मैलुङका गणेश नेपालीले प्रस्तुत गरेका छन् । यही भदौ १० गते बिहान भोटेकोशी नदीमा गएको अकल्पनीय बाढीबाट अकल्पनीय रूपमा जोगिनुभएका नेपाली आफूलाई जोखिम मोलेर अहिले त्रिशूली नदीमाथि बनेको अस्थायी तुइनमा डोरी तान्ने काममा स्वयंसेवकका रूपमा तल्लीन छन् ।

    विदुर नगरपालिका–९ स्थित सिमुटार–कोलनी जोड्ने तुइनमा उनले नेपाल रेडक्रसको स्वयंसेवक भएर बाढी प्रभावितसहित अत्यावश्यकीय सामग्रीलाई तुइनमार्फत वारिपारि गर्न सहजीकरण गरिरहेका छन् । उनले भने, “बाढीमा परेर घाइते हुनुभएका दाजु काठमाडौँस्थित वीर अस्पतालको ट्रममा उपचाररत हुनुहुन्छ । भेट्न जान पनि पाएको छैन । बाढी प्रभावितको पीडा देखेर मनले मानेन । यहाँ आएर तुइन जडान गर्न स्वयंसेवक भएर सुरक्षाकर्मीलाई साथ र सहयोग गरेँ । तुइन जडान भएपछि डोरी तान्ने काममा स्वयंसेवक गरिराखेको १२ दिन बितिसक्यो ।”

    बाढीले सिमुटार–कोलनी पुल क्षणभरमा बगाएपछि कोलनीवासी ठूलो समस्यामा परेका थिए । आवतजावत गर्न सम्पर्क टुटेको थियो । प्रभावितको खोज र उद्धारमा समेत जटिलता आएको थियो । सुरुआती दिनमा हेलिकप्टरमार्फत नै उद्धार गरिएको थियो । बाढीपूर्व पुलमार्फत सात–आठ मिनेटमा आवतजावत गर्न सकिने स्थान अहिले सात घण्टामा पनि पुगिँदैन ।

    उनका अनुसार तुइन जडान भएपछि अहिले दैनिक पाँच सयसम्मलाई वारिपारि गराउनुपर्दछ । बाढीप्रभावितसहित अन्यलाई वारिपारि गर्न टोकन प्रणाली कार्यान्वयनमा ल्याइएको छ । बिरामी, बाढीमा आफन्त गुमाएका, अतिप्रभावित, महिला, बालबालिका तथा अत्यावश्यक सामग्री लैजान पहिलो प्राथमिता दिइएको छ । उनले भने, “स्वयंसेवक भएर सेवा गर्न पाउँदा म खुसी छु, बाढीको पीडा सम्झन चाहन्न ।”

    नेपाल रेडक्रस, संरक्षण विभागका प्रमुख दिव्यराज पौडेलले बाढी प्रभावित स्थानमा रेडक्रसका स्वयंसेवक अहोरात्र जुटिरहेको जानकारी दिँदै स्वयंसेवक नेपालीको सेवा उदाहरणीय रहेको बताए ।

    Post Views: 56
    प्रकाशित मिति: २०८३ भाद्र ३१, बुधबार १०:३२
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.